यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राजनीति र समाजमा सँगसँगै लिएर हिड्नुपर्छ : राजेश अधिकारी

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राजनीति र समाजमा सँगसँगै लिएर हिड्नुपर्छ : राजेश अधिकारी

काठमाडौं (पहिचान) कार्तिक १६ – नेपाली कांग्रेसका युवा नेता राजेश अधिकारीले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई राजनीतिक र सामाजिक क्षेत्रमा सँगसँगै लैजानुपर्ने बताएका छन् । पहिचानुँगको कुराकानीमा नेता अधिकारीले कुनैपनि नागरिकलाई छोडेर देशविकास हुन नसक्ने बताए ।

‘नागरिक भएर जन्मिएपछि यौनिक तथा लैंगिक अल्पसंख्यक होस वा अन्य कुनै स्वभाव लिएको होस, राज्यले सबैलाई समानस्तरमा अघि बढाउन आवश्यक छ,’ अधिकारीले भने, ‘त्यसैले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राजनीति र समाजमा सँगसँगै लिएर अघि बढ्नुपर्छ ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु तुलनात्मक रुपमा बढी हिंसामा परेको भन्दै उनीहरुलाई समान भावनाको विकास गराएर अघि बढनुपर्ने बताए ।

अधिकारीले आफू करिव १७ मुलुकको भ्रमणमा जाँदा यौनिक तथा लैंगिक अल्पसंख्यकहरु समान नागरिक हैसयितमा रहेको भन्दै उनीहरुले जस्तै हामीले पनि समान रुपमा अघि बढाउन सकिने बताए ।

‘समानताको हक दिनु भनेकै सबै नागरिकलाई अधिकार प्रयोगको स्वतन्त्रता दिनु हो,’ अधिकारीले भने, ‘त्यस अर्थमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई समलिंगी विवाहको अधिकार पनि व्यवस्थित रुपमा दिनु आवश्यक छ ।’ उनले राजनीति र समाजका अन्य क्षेत्रमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सँगसँगै लिएर हिडनुपर्ने बताए ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.