निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

समिलिंगी तेस्रोलिंगी विद्यार्थीलाई पनि हौसला सहित अघि बढाउँछौं : हमाल

समिलिंगी तेस्रोलिंगी विद्यार्थीलाई पनि हौसला सहित अघि बढाउँछौं : हमाल

932
SHARES

काठमाडौं (पहिचान) कार्तिक १८ – निजी विद्यालयहरुको संगठन एनप्याव्सनका उपाध्यक्ष पाण्डव हमालले समिलंगी तेस्रोलिंगीलाई हौसलासहित शिक्षा क्षेत्रमा अघि बढाउनुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा चितवनमा जारी महाधिवेशनमा अध्यक्षको उम्मेदवार समेत रहेका हमालले समानताका आधारमा उच्च शिक्षामा भर्ना गरिनुपर्ने बताए ।

‘समिलंगी तेस्रोलिंगीलाई अविभावकले पनि प्रोत्साहित गरेर भर्ना गर्न ल्याउनुपर्छ । विद्यालय र शिक्षकहरुले पनि त्यस्ता विद्यार्थीलाई पढाउने र शिक्षा दिक्षा दिने काम गर्नुपर्छ,’ हमालले भने, ‘त्यसो भयो भने समलिगी तेस्रोलिंगीहरु पढेर ठुुला हुने र समाजमा प्रतिस्ठा आर्जन गरेपछि उनीहरु माथिको विभेद स्वतः हटेर जाने छ ।’ उनले विद्यालयहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई छात्रवृतिको व्यवस्था पनि गर्नुपर्ने बताए ।

‘मुलत समाजमा असमानता भएकै कारण विभेदको जन्म भएको हो । त्यसकारण समान अवस्थामा पुग्न पनि पछाडी पारिएका समुदायलाई विशेष संरक्षण आवश्यक छ,’ हमालले भने, ‘त्यसैले समलिगी तेस्रोलिंगी समुदायका विद्यार्थीहरुलाई छात्रवृति दिएर शिक्षित बनाउन आवश्यक छ ।’ हमालले भने आफू आफ्नो विद्यालयमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई छात्रवृतिमा पढाउन तयार रहेको बताए ।

हामलले एनप्याव्सन आवद्ध विद्यालयलाई यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद नगर्न आग्रह गर्दै उनीहरुलाई विशेष वातावरण दिएर संरक्षणा गर्न आग्रह गरे । ‘समलिंगी तेस्रोलिंगी रहरले नभएर प्रकृतिबाट बनेका मानिसहरु हुन् । उनीहरुलाई विभेद हैन समानता आवश्यक हुन्छ,’ हमालले भने, ‘त्यसैले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई हौसला दिएर अघि बढाउन विद्यालयहरुले विशेष भूमिका निर्वाह गर्नुपर्छ ।’

एनप्याव्सनको चितवनमा जारी छैटौ महाधिवेशनमा अध्यक्षको उम्मेदवार समेत रहेका हमालले आफूले जितेमा शिक्षामा समानता स्थापित गर्न र निजी क्षेत्रको व्यवसायिकता संरक्षण गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
932
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.