नयाँ शक्तिको घोषणापत्रमा भनिएको छ–समलिंगी विवाहलाई मान्यता दिने कानुनका लागि सहजीकरण गरिनेछ

नयाँ शक्तिको घोषणापत्रमा भनिएको छ–समलिंगी विवाहलाई मान्यता दिने कानुनका लागि सहजीकरण गरिनेछ

717
SHARES

काठमाडौं (पहिचान) कार्तिक १८ – नयाँ शक्ति पार्टी नेपालले आफ्नो पार्टीको प्रतिबद्धता पत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि समावेश गरेको छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आफ्नो चुनावी घोषणा पात्रमा समलिंगी तेस्रोलिंगीको मुद्दालाई समावेश गरेको हो ।

घोषणा पत्रको २७ नम्बर पेजको समानुपातिक र समावेशी विकास शीर्षक अन्तरगतको २ नम्बर बुँदामा “…..लैंगिक तथा यौनिक अल्पसंख्यकको सामाजिक विकासका लागि समूह विशेष कार्यक्रम ल्याइनेछ,” उल्लेख छ ।

४० पृष्ठ लामो घोषणा पत्रको ३० नम्बर पेजको शहिद परिवार दलित, अल्पसंख्यक, शारीरिक अपांगता भएका र विविध समुदाय लक्षित कार्यक्रम शिर्षकको ४ नम्बर बुँदामा लेखिएको छ, “यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पहिचानका आधारमा नागरिकता दिइने छ । उनीहरुलाई शिक्षा स्वास्थ्यमा विशेष प्रोत्साहन र विवाहको अनुमति दिने कानुनी व्यवस्थाका लागि सहजिकरण गरिनेछ ।”

समलिंगी तेस्रोलिंगी समुदायले समलिंगी विवाहको माग गरिरहेका बेला नयाँ शक्ति पार्टी नेपालले आफ्नो चुनावी घोषणा पत्रमा नै समलिंगी विवाहका लागि पार्टीले सहजिककरण गरिने उल्लेख गरेको हो ।

आफ्नो पार्टीको दस्तावेजमा समलिंगी तेस्रोलिंगीबारे यसरी खुलेर उल्लेख गर्ने पार्टी कांग्रेस र नयाँ शक्ति हुन् भने समलिंगी विवाहबारे लेख्ने भने नयाँ शक्ति पार्टी मात्रै हो ।

नेपाली कांग्रेसले सार्वजनिक गरेको उसको घोषणा पत्रमा पनि समलिंगी तेस्रोलिंगीलाई समावेश गरिएको छ ।

नयाँ शक्तिले विवाह सँगै शिक्षा र स्वास्थ्यमा विशेष प्रोत्साहन गर्ने भनेर पनि समलिंगी तेस्रोलिंगीका मुद्दालाई उठान गरेको छ । तर उसले पहिचानका आधारमा नागरिकता दिने भनेको विषय भने यस अघि नै अन्य उल्लेख गरेर समलिंगी तेस्रोलिंगीले नागरिकता पाउँदै आएका छन् ।
नयाँ शक्ति पार्टीमा तेस्रोलिंगी अधिकारकर्मी नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङ केन्द्रिय परिषद सदस्य छिन् ।

समाचार शेयर गर्नुहोस्
717
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.