निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

एलविटी भिजिवलिटि बढाउने अभियान : यौन तथा मानसिक स्वास्थ्यमा गहिरो छलफल हुने

एलविटी भिजिवलिटि बढाउने अभियान : यौन तथा मानसिक स्वास्थ्यमा गहिरो छलफल हुने

769
SHARES

काठमाडौं (पहिचान) कार्तिक १९ – यही नोभेम्बर १३ र १४ तारिकमा चितवनको सौराहामा एलवीटी सम्मेलन हुने भएको छ । नील हिरा समाजले गर्न लागेको सम्मेलनमा नेपाल भरका कम्तिमा १७० समलिंगी महिला, द्विलिंगी महिला तथा तेस्रोलिंगी पुरुषहरु सहभागि हुने छन् ।

‘समाजमा खुलेर नआउनुको कारण, खुल्दाका चुनौति र खुलीसकेपछि जीवन निर्वाहका अवसरका विषयमा छलफल हुने छ,’ नील हिरा समाजको नर्वेजियन परियोजनाका कार्यक्रम अधीकृत विश्वराज अधिकारीले भने, ‘त्यसबाहेक यौन तथा प्रजनन् स्वास्थ्यमा उनीहरुको चासो र मानसिक स्वास्थ्यका स्तर मापनका लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने छ ।’

नील हिरा समाजमै कार्यरत तेस्रोलिंगी पुरुष सुदिप गौतमले शारिरिक र मानसिक स्वास्थ्यका विषयमा गहिरो छलफल हुने बताए ।
‘विशेषतः तेस्रोलिंगी पुरुषहरुले ब्रेस्ट लुकाउनकै लागि बाइन्डरको प्रयोग गर्ने गर्छन् । त्यसले पनि उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या ल्याइरहेको हुन्छ,’ सुदिपले भने, ‘त्यस्ता कामबाट कस्ता कस्ता समस्या हुन सक्छन् र त्यसबाट कसरी बच्न सकिन्छ भनेर पनि यो सम्मेलन गर्न लागिएको हो ।’

‘कतिपयले डाक्टरको सल्लाह विना नै हर्मोन लिने तथा आफ्नो सोच अनुरुपको बन्नका लागि जस्तोसुकै काम गर्न तयार हुँदा पनि उनीहरुको स्वास्थ्यमा गम्भीर समस्या हुने गरेका छन्,’ विश्वराजले भने कस्ता कामहरु बढि जोखिमपूर्ण छन् भनेर बुझाउन पनि सम्मेलन हुन लागेको हो ।’

नील हिरा समाजकी अध्यक्षा पिंकी गुरुङले पहिलोपटक एलविटी सम्मेलन हुन लागेकोमा खुशी व्यक्त गरिन् । ‘नेपालमा पहिलोपटक एलविटीसम्बन्धी कार्यक्रम हुन लागेकोमा खुशी लागेको छ,’ अध्यक्ष गुरुङले भनिन, ‘यसलाई प्रभावकारी बनाउन सबैको सुझाव आवश्यक छ ।’

समाचार शेयर गर्नुहोस्
769
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.