‘अवसर पाए तेस्रोलिंगीका गीत गाउँछु’

‘अवसर पाए तेस्रोलिंगीका गीत गाउँछु’

12.7k
SHARES

काठमाडौं (पहिचान) कार्तिक २१ – गायक भुवन सुप्तिहाङ राईले अवसर मिले यौनिक तथा लैंगिक अल्पसंख्यकका गीत गाउने बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै गायक राईले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि आफू आफ्नो क्षेत्रबाट सहयोग गर्न तयार रहेको भन्दै अवसर पाए गीत गाउने बताएका हुन् ।

“म राईको छोरो हुँ । संस्कृति जोगाउनुपर्छ भनेर मैले लिम्बू भाषाको गीत गाउँदैछु,” राईले भने, “त्यसैले पनि समलिंगी तेस्रोलिंगीको गीत गाउन पनि तयार छु, त्यसका लागि अवसर भने आउनुपर्छ ।”

सबै नागरिक समान भएको भन्दै अधिकारका हिसावले कोही पनि तलमाथि नरहेको उनको भनाई छ । “सबै नागरिक राज्यको कानुन र अधिकारका हिसावले समान हुनुपर्छ । विभेद कानुनले पनि र व्यक्ति तथा समाजले पनि गर्नु हुँदैन,” उनले भने ।

विगतको तुलनामा अहिले समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा धेरै सकारात्मक परिवर्तन आएको राई बताउँछन् । “मलाई लाग्छ पहिलाको जस्तो विभेद र दुरब्यवहार अहिले समलिंगी तेस्रोलिंगीलाई छैन,” उनले भने, “अहिले यो समान व्यवहार नै हुन्छ जस्तो लाग्छ । चेतनाको स्तर वृद्धि हुँदै गएकाले बुझ्नेको संख्या पनि बढ्दैछ ।”

चेतनाको कमीका कारण समाजमा समलिंगी तेस्रोलिंगीलाई विभेद भैरहेको भन्दै गायक राइले समाज चेतनशील हुँदैगएपछि यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन हुने विश्वास व्यक्त गरे ।

राज्यले दिने अवसरबाट समलिंगी तेस्रोलिंगीलाई पनि छुटाउन नहुनेमा उनको जोड छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.