यौन शिक्षाबारे अरु भन्दा तेस्रोलिंगी धेरै जानकार हुन्छन : डाक्टर कार्की

यौन शिक्षाबारे अरु भन्दा तेस्रोलिंगी धेरै जानकार हुन्छन : डाक्टर कार्की

राजेन्द्र बहादुर सिंह/बझाङ (पहिचान) कार्तिक २२ -नेपाल स्वास्थ्य अनुशन्धान परिषदका सदस्य डाक्टर खेम कार्की महिला पुरुषमा भन्दा तेस्रोलिंगीमा यौन चाहना धेरै हुने वताएका छन् । युएनएफपिएको आर्थिक सहयोग तथा आर्डरा नेपालको संयोजनमा सुदुरपश्चिमका पत्रकारलाई दिइएको अभिमुखिकरण कार्यक्रममा डाक्टर कार्कीले महिला पुरुष जस्तै तेस्रोलिंगीहरु पनि यौनिकतामा बाधिएका हुने वताए ।

उनीहरुलाई अन्य लिंगी भन्दा यौन चाहाना बढी हुन्छ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक समेत रहेका डाक्टर कार्कीले भने, तेस्रोलिंगीहरु खुलेर यौनिकताका विषयमा कुरा गर्ने सक्छन् । उनले तेस्रोलिंगीहरु यौन शिक्षाका बारेमा अरु भन्दा धेरै जानकार हुने समेत वताए । “यौनका हिसावले तेस्रोलिंगी दुई गुणा बढी आतुर हुन्छन् उनले भने, यौनिकताकाबारे उनीहरुलाई बढी ज्ञान हुन्छ ।”

बृहत यौनिकता सम्बन्धि सुदुरपश्चिमका चार जिल्लाका क्रियाशिल पत्रकारलाई दिइएको दुई दिने अभिमुखिकरण कार्यक्रममा रुकुम, बैतडी, बझाङ, बाजुरा र अछामका गरि २० जना क्रियाशिल पत्रकारको सहभागिता रहेको थियो ।

लिंग र लैंगिकतामा आधारित विभेद सहित स्वास्थ्य समाचार भित्र यौन शिक्षा सम्वन्धिका समाचारहरु अझै खुलेर नआएका हुदाँ युवाहरुलाई सचेत र सजग गर्ने खालका यौन शिक्षा सम्वन्धी समाचारहरु लेख्नु पर्ने अवको आवस्यकता रहेको युएनएफपिएका क्षेत्रिय प्रमुख गिरी पन्थीले वताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.