निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

पहिचान अनुसारको नागरिकता लिएका एक सय ६७ तेस्रोलिंगी मतदान प्रक्रियामा सहभागी हुने

पहिचान अनुसारको नागरिकता लिएका एक सय ६७ तेस्रोलिंगी मतदान प्रक्रियामा सहभागी हुने

865
SHARES

काठमाडौँ (पहिचान) कार्तिक २६ – आसन्न मंसिर १० र २१ गतेको निर्वाचनमा १ सय ६७ जना तेस्रोलिंगी मतदान प्रक्रियामा सहभागी हुने भएका छन् । कुल मतदाता एक करोड ५४ लाख २७ हजार ९३४ रहेकामा मुलुकभर १६७ तेस्रोलिंगी निर्वाचनको मत प्रक्रियामा सहभागि हुने निर्वाचन आयोगका सूचना व्यवस्थापन केन्द्रका वरिष्ठ कम्प्युटर अधिकृत चन्द्र साहले जानकारी दिए ।

नागरिकता लिएको आधारमा आयोगले १ सय ६७ जना तेस्रोलिंगीको तथ्यांक निकालेको हो । साहका अनुसार यो संख्या गत स्थानीय तहको निर्वाचनमा भन्दा २३ जनाले बढी हो । स्थानीय तहको निर्वाचनमा १ सय ४४ जना तेस्रोलिंगी निर्वाचनमा सहभागि भएका थिए ।

सबैभन्दा बढी सप्तरीमा २० जना तेस्रोलिंगी, पर्सामा १६ र काठमाडौँमा ११ जना तेस्रोलिंगी सहभागि हुनेछन् । देशका ३३ जिल्लामा भने तेस्रोलिंगी मतदाता रहेका छैनन् ।

यसैगरी नयाँ शक्ति नेपालले तेस्रोलिंगी पिंकी गुरुङ (सञ्जीव) लाई उम्मेदवार बनाएको छ । नयाँ शक्तिले प्रतिनिधिसभा सदस्यको लागि समानुपातिकतर्फबाट नील हिरा समाजकी अध्यक्षसमेत रहेकी गुरुङलाई उम्मेदवार बनाएको हो ।

गुरुङले पुरुष र महिलाको प्रतिनिधित्व हुने ठाउँमा आफू पनि उम्मेदवार बनेको बताइन । प्रचारप्रसारकै क्रममा काठमाडौँको गहना पोखरीमा भेटेएकी गुरुङले भनिन– “संविधानले नै समावेशी सिद्धान्त अपनाएकाले मलाई पनि उम्मेदवार बन्न सजिलो भएको छ ।”
रासस

 

समाचार शेयर गर्नुहोस्
865
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.