म तेस्रोलिंगीसहित सबैको प्रतिनिधि बन्न उम्मेदवार बनेको : साधुराम खड्का

म तेस्रोलिंगीसहित सबैको प्रतिनिधि बन्न उम्मेदवार बनेको : साधुराम खड्का

काठमाडौं (पहिचान) कार्तिक २७ – कांग्रेस नेता साधुराम खड्काले आफू तेस्रोलिंगीसहित सबैको प्रतिनिधि बन्न उम्मेदवार बनेको बताएका छन् । पहिचानसँगको कुराकानीमा नेपाली कांग्रेसका तर्फबाट काठमाडौं चारबाट प्रदेशतर्फ क्षेत्र नम्बर ख मा उम्मेदवार बनेका खड्काले सबैको प्रतिनिधि बन्नकै लागि आफू उम्मेदवार बनेकोे बताए ।

‘म समिलिंगी तेस्रोलिंगीसहित सबैको प्रतिनिधित्व गर्ने भनेर नै काठममाडौं ४ अन्तर्गतको प्रदेशतर्फ ख मा उम्मेदवार बनेको हुँ,’ खड्काले भने, ‘प्रकृतिका उत्पादन सबै नागरिकलाई समाजमा आफ्नो इच्छा अनुसार बाच्ने अधिकार छ । त्यो अधिकार रक्षाका लागि कांग्रेसले नेतृत्व गर्छ ।’ उनले समाजका सबै नागरिकलाई समान हैसियतमा बाच्ने अधिकार भएको र कांग्रेसले इतिहास देखि नै सबैको अधिकार रक्षाका लागि काम गरिरहेको बताए ।

‘समलिगी तेस्रोलिंगी हुनु भनेको कसैको इच्छा नभएर प्रकृतिको देन हो,’ खड्काले भने, ‘जव प्राकृतिक रुपमा कुनै नागरिक जन्मन्छ भने उसलाई विभेद गर्ने अधिकार कसैलाई पनि छैन ।’ उनले काठमाडौं क्षेत्रनम्बर ४ को प्रदेशतर्फ ख का सबै मतदाताले आफूलाई मतदान गरेर त्यो जिम्मेवारी दिने विश्वास व्यक्त गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.