निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

क्लासिक डाइमण्ड फेसन शो मा सहभागी हुँदै तेस्रोलिंगी मोडल अंजली

क्लासिक डाइमण्ड फेसन शो मा सहभागी हुँदै तेस्रोलिंगी मोडल अंजली

899
SHARES

काठमाडौं (पहिचान) कार्तिक २७ – भारतकै प्रतिष्ठित ल्याक मि फेसन शोमा सहभागी भएर चर्चामा आएकी तेस्रोलिंगी मोडल अंजली लामा क्लासिक डाइमण्ड फेसन शो मा सहभागी हुँदैछिन् । फेशन शो मा सहभागी हुने ५ जना अन्तर्राष्ट्रिय मोडल मध्ये एक जना तेस्रोलिंगी लामा हुन् ।

नोभेम्वर १५ र १६ तारिखमा काठमाडौंमा हुने फेशन शोको Show Stopper मा चर्चित अभिनेत्री मनिषा कोइराला आउने कार्यक्रम रहेको आयोजकले जनाएको छ । गत वर्षको शो Show Stopper मा सुस्मिता सेन सहभागी थिइन् ।

अहिलेकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी, मिस नेपाल, अस्मी श्रेष्ठ, श्रृष्ठि श्रेष्ठ लगायतका नायिका तथा मोडल क्लासिक डाइमण्ड फेसन शोका विजेता हुन् ।

अंजली तेस्रोलिंगी मोडलकातर्फबाट यो फेसन शोमा सहभागी हुने उनी पहिलो तेस्रोलिंगी मोडल हुन् । उनले क्लासिक डाइमण्ड जस्तो नेपालको प्रतिष्टित फेसन शो मा सहभागी हुन पाउँदा आफूलाई खुसी लागको बताइन् ।

समाचार शेयर गर्नुहोस्
899
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.