निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

आफ्ना लागि आँफै लड्नुपर्छ : धिरज राई

आफ्ना लागि आँफै लड्नुपर्छ : धिरज राई

949
SHARES

काठमाडौं (पहिचान) कार्तिक २८ – गायक धिरज राईले समलिंगी तेस्रोलिंगीले अधिकारका लागि आँफैं लड्नु पर्नेमा जोड दिएका छन् । आफ्नो अधिकारका लागि आफैँ लड्नुपर्ने उनको भनाइ छ ।

“आफ्नो अधिकारका लागि आँफैँ लड्नुपर्छ । अरुले लडिदिँदैन,” राई भन्छन्, “हामीले गर्ने त उहाँहरुलाई सहयोग मात्रै हो, हामी त ब्याक फोर्स मात्रै हो ।”

समलिंगी तेस्रोलिंगीप्रति रहेको समाजको धारणा नै बदल्नुपर्ने राई बताउँछन् । “समलिंगी तेस्रोलिंगी भन्ने वित्तिकै जे बुझिरहेका छन् त्यो परिभाषा नै परिवर्तन गर्नुपर्छ,” उनले भने, “समाजले नबुझेसम्म सकारात्मक परिवर्तन आउँदैन यसका लागि समाजको धारण बदल्न आँफैं अग्रसर हुनुपर्छ ।”

अधिकारका हिसावले सबै समान रहेको भन्दै उनले महिला पुरुष सरह नै समलिंगी तेस्रोलिंगीले पनि अधिकार पाउनुपर्ने वताए ।

“अधिकाकारका हिसावले कुनै पनि नागरिक तल र माथि हुँदैन कानुनका नजरमा,” गायक राई भन्छन् । आफ्ना धेरै साथी समलिंगी तेस्रोलिंगी रहेको र विभेदको नजरले आफूले कहिले पनि नहेरेको उनले बताए ।

“विश्वमा धेरै समलिंगीहरु गायन क्षेत्रमा छन्् । उनीहरुको प्रतिभाले नै उनीहरुले राम्रो सम्मान र पदवी पाएका छन्,” राईले भने, “नेपालमा भने केही कमी छ । उनीहरु निकै प्रतिभाशाली हुन्छन् भन्ने मलाई थाहा छ ।”

विश्वमा धेरै समलिंगीहरु खुलेको र आफ्नो पेशा तथा व्यवसायमा सफल भएको भन्दै उनी भन्छन्, “त्यो अवस्था नेपालमा पनि हुनुपर्छ ।”

आफूले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि विभिन्न सोहरुमा अवाज उठाउने गरेको पनि उनले सुनाए ।

समाचार शेयर गर्नुहोस्
949
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.