निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तपाइले समाजको लागि के गल्ती गनुभयो र लुक्नुहुन्छ ? : अध्यक्ष न्यौपाने

तपाइले समाजको लागि के गल्ती गनुभयो र लुक्नुहुन्छ ? : अध्यक्ष न्यौपाने

804
SHARES

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) कार्तिक २८ – हेटौडा उपमहानगरपालिका वडा नंम्बर १ का अध्यक्ष सविन न्यौपानेले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय लुकेर बस्न नहुने बताएका छन् । “धर्तिमा जसरी महिला पुरुष जन्मिएका छन् त्यसरी नै उनीहरु पनि जन्मिएका हुन् अध्यक्ष न्यौपानेले भने, त्यसैले विभेद गर्न हुँदैन र उनीहरु पनि अल्पसंख्यक भएकै आधारमा लुकेर बस्न हुँदैन ।” 

न्यौपानेले भने, ” तपाइले समाजको लागि के गल्ती गनुभयो र लुक्नुहुन्छ ? लुक्नु जरुरी छैन । राज्य प्रशासन सबैबाट तपाइ सुरक्षित हुनुहुन्छ । अब समाजलाइ परिवर्तन गर्नुपर्छ । त्यसको लागि तपाइ अगाडि आउनु पर्छ । नीतिगत कुराहरुलाइ व्यवहारमा उतार्न तपाइ नै फिल्डमा उत्रनुपर्छ ।”

यौनिक तथमा लैंगिक अल्पसंख्यक भएकै आधारमा कसैलाइ पनि शिक्षा, स्वास्थ्य, रोजगार जस्तो आधारभुत आवश्यकताबाट विभेद गर्न नहुने उनको भनाइ छ । “कसैलाइ महिला पुरुष तेस्रोलिंगी भएको आधारमा रोजगारी दिने भन्दा पनि व्यक्तिको क्षमताको आधारमा अवसर दिनुपर्छ ।”

आफु वडा अध्यक्ष हुनु पुर्व नै वडाका बार्षिक बजेट योजनाहरु तर्जुमा भैसकेको हुदा यस वर्ष यौनिक अल्पसंख्यकहरुको लागि बजेट छुट्याउन नसके पनि अर्को आर्थिक बर्षको कार्य योजनामा उनीहरुलाइ पनि समेट्ने अध्यक्ष न्यौपानेको प्रतिवद्दता समेत रहेको छ ।

 

समाचार शेयर गर्नुहोस्
804
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.