स्वास्थ्य अधिकार समुहको पोखरामा कार्यक्रम : समलिंगी तेस्रोलिंगीले राखे समानताको अपेक्षा

स्वास्थ्य अधिकार समुहको पोखरामा कार्यक्रम : समलिंगी तेस्रोलिंगीले राखे समानताको अपेक्षा

विपना पनेरु/कास्की (पहिचान) कार्तिक २९ – एचआइभी एड्स नियन्त्रणमा सामुहिक प्रयासका लागि पोखरामा सामुहिक पहल सुरु भएको छ । सन २०१६ देखि सुरु भएको स्वास्थ्य अधिकार समुहको सक्रियतामा अभियान सुरु भएको हो ।

’स्वस्थ्य अधिकार सबैको अधिकार’ भन्ने नाराका साथ सन् २०१६ देखि सकारात्मक परिवतर्तन लक्षित अभियान तालिम प्राप्त महिला मिलेर ’एचआईभी संक्रमित महिला, एचआईभीको कारणले बिधवा भएकाहरु, यौनकर्मी महिला, लागुपदार्थ प्रयोगकर्ता महिला र तेस्रोलिंगी महिलाले भेदभाव रहित स्वस्थ्य सेवामा पहुँच बढाउने उदेश्यका साथ स्वस्थ्य अधिकार कार्यसमुह गठन गरेका थिए ।

कार्यक्रममा सहभागी सरोकारवालासँग छलफलमा रहदा बिभेद र लाञ्छना परेका सदस्यहरुका भोगाई हिंसा र भेदभावको अनुभव साटासाट भएको थियो । सबै समुहको सबैमा आ आफ्नै घटनाको जटिलता रहेको छ, त्यस मध्ये पनि समलिंगी तेस्रोलिंगी समुहलाई समाजले हेर्ने दृष्टिकोणमा अझैसम्म परिवर्तन आउनमा केही कमि नै रहेको कार्यक्रम सयोंजक सर्मिला वैद्यले जानकारी दिइन ।

’तेस्रोलिंगी भनेको उपहार भने पनि अभीसाप भने पनि प्राकृतिक देन हो । यसैमा हामी खुशी छौ,’ तेस्रोलिंगी राज क्षत्रीले भने, ’तर राज्यले संविधानमा लेखेको मौलिक हक सुनीश्चित होस, अन्य नगरिक सरह जीवन जिउन सहज हुने छ ।’

जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका एचआईभी फोकल पर्सन नानिबाबु ढकालले समाजमा सबै समान रुपमा जिउन पाउनु पर्ने बताए । कुनै एक ब्यक्तिलाई परेको समस्या सामाजमा सभ्य तरिकाले आवाज उठाएमा एकताकै बल हुने ढकालले वताए । एचआइभी संक्रमितको उपचार केन्द्र एआरटी सेन्टरका बिमल शाही, गैर सरकारी सस्था महासघं कास्कीका पदम राज पहारी, महिला तथा बालबालिका कार्यालयकी जयन्ती रानाभाट लगायतले स्वास्थ्य अधिकारमा केन्द्रित रहेर आफ्नो मन्तब्य राखेका थिए ।

पोखरामा स्वस्थ्य अधिकार कार्य समुहले समय समयमा अन्तरक्रिया कार्यक्रम रख्दै आएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.