फरक पहिचान भएको व्यक्ति जन्मनु आमा बुबाको कमजोरी होइन : सन्ध्या सिंह

फरक पहिचान भएको व्यक्ति जन्मनु आमा बुबाको कमजोरी होइन : सन्ध्या सिंह

550
SHARES

राज चौधरी/कैलाली (पहिचान) कार्तिक ३० – महिला तथा बालबालिका कार्यालयकी प्रमुख सन्ध्या सिंहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आफ्नो पहिचान लुकाएर नबस्न आग्रह गरेकी छन् । धनगढी उपमहानगरपालिकामा रहेको कार्यालयकी प्रमूख सिंहले पहिचान लुकाएर बस्दा डिप्रेसन हुने वताइन ।

” समाजमा महिला पुरुष जसरी जन्मिन् छन् त्यस्तै गरी समलिंगी तेस्रोलिंगी पनि जन्मिन् छन् उनले भनिन्, फरक पहिचान भएको व्यक्ति जन्माउनु आमा बुवाको कमजोरी होईन् ।”  उनले यो समुदायलाई नराम्रो दृष्टिकोणले हेर्ने व्यक्तिहरुको कमजोरी भएको वताइन ।

सिंहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई आफनो पहिचान खुलाएर अगाडी आउन अग्रह गरिन । यो समुदायलाई गर्ने व्यवहार र हर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनका लागि सबै संघ संस्थाको उतिनै भुमिका रहेको र यो महिला यो पुरुष यो तेस्रोलिंगी भनेर कसैले कसैलाई विभेद होइन समान व्यवहार कायम गर्नु पर्नेमा उनले जोड दिइन ।

महिला तथा बालबालिका कार्यालयले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हालको बार्षिक योजनामा समेट्ने बताईन् । यो समुदायको जीवन उकास्नका लागि आधारभुत सिपमुलक तालिम, नेतृत्व बिकासका तालिमहरु राख्ने प्रतिवद्धता उनले जनाइन । उनले बिभिन्न नगरपालिका र गाउँपालिकालाई समेत समलिंगी तेस्रोलिंगी समुदायका लागि बजेट विनियोजन गर्न सुझाव समेत दिइन ।

समाचार शेयर गर्नुहोस्
550
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.