फरक पहिचानकै कारण विभेद

फरक पहिचानकै कारण विभेद

राज चौधरी/कैलाली (पहिचान) मंसिर ६ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले आफुहरु हरेक ठाउँमा विभेद र राज्यबाट पाउने अधिकारबाट बन्चित रहेको बताएका छन् । एकता नेपाल कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा यौनिक तथा लैगिक अल्पसंख्यकले आफूहरु अधिकार र अवसरबाट बन्चित रहेको बताएका हुन् ।

एकता नेपाल कैलालीका सचिव बिबेक सिंहले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति तेस्रोलिंगी भएकै कारण लोकसेवा आयोग, नेपाली सेना, प्रहरीमा प्रतिस्पर्धा गर्नबाट बञ्चित हुने गरेको बताए ।

तेस्रोलिंगी गिता रानाले आफ्नो पहिचानकै कारण आफू व्यवसाय गर्न समस्या भोगिरहेको बताए ।

सुदुरपश्चिम समाजका संयोजक राजु लामाले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको हकअधिकारको लागि आवाज उठाउँदै आएपनि अझै धेरै व्यक्ति समाजमा खुल्न नसकेर समस्या भोग्न बाद्यय रहेको बताए ।

एक समलिंगी महिलाले भनिन् “समलिंगी सम्बन्धलाई समाजले स्वीकार्दैन जसका कारण धेरै समस्या हुने गरेको छ । समलिंगी जोडीले आफूहरु ४ बर्ष देखि समलिंगी सम्बन्धमा संगै बस्ने गरेको भए पनि समाज र घरपरिवारले नस्वीकारेको बताएका छन् । समलिंगी तेस्रोलिंगीको पीडा समलिंगी तेस्रोलिंगीले मात्र बुझ्न सक्ने भन्दै उनीहरुले समाजले हेर्ने नजरमा पनि परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिए ।

‘मुक्ती के डगर’ का सम्पादक उन्नती चौधरीले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका मुद्दालाई अगाडि बढाउन निरन्तर लाग्ने प्रतिबद्धता जनाइन् । उनले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि आफ्नो तर्फबाट सकेको सहयोग गर्ने पनि बताइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.