निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नेतृत्व दिए भ्रष्टाचार हुँदैन : संजय शर्मा

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई नेतृत्व दिए भ्रष्टाचार हुँदैन : संजय शर्मा

772
SHARES

काठमाडौं (पहिचान) मंसिर ८ – नील हिरा समाज अन्तर्गतको दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले नेतृत्व पाएमा भ्रष्टाचार नियन्त्रण हुने बताएका छन् । पहिचानसँगको कुराकानीमा सहायक निर्देशक शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको छोराछोरी पाल्ने तथा आफन्त रिझाउने दायित्व नहुने हुँदा भ्रष्टाचार पनि नियन्त्रण हुने बताए ।

‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई नेतृत्वमा र सार्वजनिक लाभको पदमा पु¥याउने हो भने उनीहरुबाट भ्रष्टाचार हुँदैन,’ शर्माले भने, ‘उनीहरुमा आफ्नो भन्दा पनि समुदायको काम गर्ने बानिपरसिकेकाले जिम्मेवारी पाएमा देशका लागि मात्र सोचेर काम गर्नसक्छन् ।’ शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यकको स्वीकार्यता परिवार समाज र देशमा बढ्दै गएको भन्दै अब हरेकले नेतृत्वका लागि दावी गर्नुपर्ने बताए ।

‘अहिले पनि यौनिक तथा लैंगिक अल्पसंख्यकहरु सक्षम र सवल बनेर देखाउँदै विभिन्न पार्टीमा सक्रीय छन्, तर नेतृत्वको सोचका कारण नेतृत्वमा पुग्न तथा अवसर पाउन बञ्चित भइरहेका छन्,’ शर्माले भने, ‘दाङबाट तहगतरुपमा सिफरिस हुँदै केन्द्रसम्म आइपुगेकी शिल्पा चौधरीलाई एमालेले बन्दसूची पेश गर्नु दुइघण्टा अगाडी हटायो, अन्य पार्टीमा पनि त्यस्तो समस्या छ ।’ उनले अहिले नयाँ शक्तिले पिंकी गुरुङलाई उम्मेदवार बनाएको भन्दै अन्य पार्टीले पनि ‘गुड प्रक्टिस’लाई फलो गर्नुपर्ने बताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यकका अधिकारका विषयमा नेपालले लिएको अग्रसरता विश्वसमुदायसामु पुगिसकेको भन्दै उनले संविधान अनुसारका कानुन नबनेको विषयमा युनिभर्षल पिरियोडिक रिपोर्टको छलफलमा समेत चासोको विषय बनिसकेको बताए । उनले त्यही कारण सरकार यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री कानुन बनाउने र समलिंगी विवाहलाई मान्यता दिनेगरी कानुन बनाउने कुरामा पछि नपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
772
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.