“यौनिक अल्पसंख्यकलाई सहयोग गर्न सकिन्छ”

“यौनिक अल्पसंख्यकलाई सहयोग गर्न सकिन्छ”

काठमाडौं (पहिचान) मंसिर १० – गायिका सुनिता दुलालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सहयोग गर्न सकिने बताएकी छन् । अन्य समुदायको गीत गाए जस्तै समलिंगी तेस्रोलिंगीका गीत पनि गाउन सकिने उनेको भनाई छ ।

“तपाईंको स्वरमा हाम्रो अधिकार र मुद्दा समावेश गरिएको गीत गाउनुपर्यो भन्नु भयो भने गाउन सकिन्छ,” गायिका दुलालले भनिन्, “पहिला त उहाँहरुले नै पहल गर्नुपर्छ, आफ्ना लागि आँफै अग्रसरता लिनुपर्छ ।” तर, गीत गाउनका लागि राम्रो शब्द भने हुनुपर्ने उनको सर्त छ ।

समलिंगी विवाहलाई मान्यता दिँदा फरक नपर्ने उनको बुझाई छ । महिला पुरुष सरह उनीहरुलाई पनि आफू खुसी बाँच्ने अधिकार रहेको भन्दै उनले भनिन्, “समलिंगी विवाहमा उहाँहरु खुसी हुनुहुन्छ भने समलिंगी विवाहलाई मान्यता दिँदा हुन्छ भन्ने लाग्छ ।”

विदेशमा महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीलाई मान्यता दिइने गरेको भन्दै उनी भन्छिन्, “विदेशमा को समलिंगी को तेस्रोलिंगी कसैलाई मतलब हुँदैन । सबै आआफ्नो काम र सुरमा हुन्छन्,” गायिका दुलाल भन्छिन्, “यहाँ त समलिंगी वा तेस्रोलिंगीलाई देख्यो भने फर्की फर्की हेर्ने चलन छ । त्यसो गर्दा उहाँहरुलाई अफ्ठयारो लाग्छ र विभेद गरेको महसुस हुन्छ त्यसैले त्यस्तो व्यबहार गर्नु हुँदैन ।”

पछिल्लो समय समलिंगी तेस्रोलिंगीलाई आफूले विभेद नगरेको भन्दै उनले आफ्नो गीतको म्युजिक भिडियो बनाउँदा कति समलिंगी तेस्रोलिंगीलाई काम दिएको वताइन । फरक दृष्टिकोणले हेर्नुपर्ने कुनै कारण नरहेको उनले स्पष्ट पारिन् ।

राज्यले पछि परेको वर्ग र समुदायलाई जस्तै यो समुदायलाई पनि विशेषाधिकार दिनु पर्ने उनको धारणा छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.