भिष्मपितामहलाई ढाल्ने तेस्रोलिंगीका सामु दुर्योधन चरित्रका कम्युनिष्टहरु टिक्दैनन् : भूमिका श्रेष्ठ

भिष्मपितामहलाई ढाल्ने तेस्रोलिंगीका सामु दुर्योधन चरित्रका कम्युनिष्टहरु टिक्दैनन् : भूमिका श्रेष्ठ

काठमाडौं (पहिचान) मंसिर ११ – तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले कम्युनिष्टहरुलाई दुर्योधनको संज्ञा दिएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको मातृ संस्था नील हिरा समाजमा कार्यरत अधिकारकर्मी श्रेष्ठले लोकतान्त्रिक आस्था राख्ने तेस्रोलिंगी नागरिकको समर्थन नेपाली कांग्रेसलाई भएकोले चुनावी मैदानमा अब भिष्मपितामह नै आएपनि ढल्ने र दुर्याधनहरुको त नासै हुने बताइन ।

नेपाली कांग्रेसको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रचारप्रसार समन्वय उपसमितिले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको बुद्धिजीवी तथा व्यवसायिक भेलामा तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले यस्तो वताएकी हुन् । महाभारतको एक प्रसंग उल्लेख गर्दै भूमिकाले भनिन, “ महाभारतको धर्म युद्धमा नारी वा पुरुष कसैले पनि परास्त गर्न नसक्ने वरदान प्राप्त भिष्मपितामहलाई तेस्रोलिंगी शिखण्डीले धराशायी बनाएर ढालेका थिए, हामी लोकतान्त्रिक आस्था राख्ने अल्पसंख्यक तेस्रोलिंगी नेपाली कांग्रेसको पक्षमा लागेकोले चुनावी मैदानमा कम्युनिष्टहरुको हार निश्चित छ ।”

प्राध्यापक, शिक्षक, प्रशासक, योजनाविद्, अर्थशास्त्री, इञ्जिनियर, वकिल, पत्रकार, कलाकार लगायतका बुद्धिजीवी र व्यवसायीको बृहत् भेलामा अधिकारकर्मी भूमिकाले लोकतान्त्रिक विचार राख्ने यौनिक तथा लैंगिक अल्पसंख्यकको समर्थन काँग्रेसलाई हुने वताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.