एलजीवीटीआईले समाजको र नयाँ शक्तिले राजनीतिको तेस्रो धारको प्रतिनिधित्व गर्छ : डाक्टर बाबुराम भट्टराई (भिडियो सहित)

एलजीवीटीआईले समाजको र नयाँ शक्तिले राजनीतिको तेस्रो धारको प्रतिनिधित्व गर्छ : डाक्टर बाबुराम भट्टराई (भिडियो सहित)

काठमाडौं (पहिचान) मंसिर १२ – नयाँ शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले तेस्रोलिंगीले समाजको तेस्रो धारको प्रतिनिधित्व गर्ने र नयाँ शक्ति पार्टीले राजनीतिको तेस्रो धारको प्रतिनिधित्व गर्ने बताएका छन् । यौनिक तजथा लैंगिक अल्पसंख्यकसँग नयाँ शक्तिले गरेको चुनावी छलफलमा डाक्टर भट्टराईले यौनिक तथा लैंगिक अल्पसंख्यक मानव समाजको सुरुवात देखि नै अस्तित्वमा रहेपनि पहिचानलाई सेन्सिटिभ बनाइदिएका कारण लुकेर बस्न बाध्य भएको बताए ।

’मानव जातिको सुरुवात देखिनै यौनिक तथा लैंगिक अल्पसंख्यकहरु अस्तित्वमा छन् र उनीहरुले तेस्रो धारको प्रतिनिधित्व गर्छन,’ डा भट्टराईले भने, ’राजनीतिमा कोहि बाम छन् कोही लोकतान्त्रिक छन् । नयाँ शक्तिले दुबै पक्षको अर्थात राजनीतिमा तेस्रो धारको प्रतिनिधित्व गर्छ ।’ उनले लैंगिक तथा यौनिक अल्पसंख्यकको अस्तित्व २१ औं शताव्दीमा आएर मात्र स्वीकार गरिएको भन्दै नयाँ शक्तिले सुरुवातमै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई प्रतिनिधित्व गराएर अघि बढाएको बताए ।

’नयाँ सक्तिले राष्ट्रिय हैसियत प्राप्त गर्यो भने यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अनिवार्य प्रतिनिधित्व गराउछ र संसदमा र्पुयाउछ,’ भट्टराईले भने, ’त्यसपछि संविधानले लेखेका अधिकार कानुनमा लेखाउन पिंकी गुरुङले भूमिका खेल्नुहुने छ । संसारलाई एउटा सन्देश दिन सकिने छ । ’ नयाँ सक्ति पार्टीले यौनिक तथा लंैगिक अल्पसंख्यकबाट पिंकी गुरुङलाई समानुपातिक उम्मेदवारको सूचीमा राखेको छ ।
’तेस्रोलिंगी समुदाय इतिहासदेखि प्रकृतिको तेस्रो धार समलिंगी तेस्रोलिंगी समुदाय हो । प्राकृतिक तेस्रो धारको प्रतिनिधित्व तेस्रोलिंगीले गर्छ,’ डाक्टर भट्टराईले भने, ’तर यो पहिचान तपाईहरुको पहिचान लामो समयदेखि दवाएर राखियो । त्यसलाई हामीले आधुनिक समाजमा स्वीकार गर्नुपर्छ भनेर नेपालमा त्यो अभियान अगाडि बढायौ ।’

उनले नील हिरा समाजले अगाडि बढाएको अभियान राजनीतिक रुपमा नयाँ शक्तिले स्वीकार गेको बताए । संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई दिएको छुट्टै पहिचान दिने व्यवस्था गरेपनि यो चुनावबाट ठिक ढंगका शक्ति संसदमा नपुगे यात्रा उल्टो गतिमा जानसक्ने भट्टराईले चेतावनी दिए ।

’संविधानले दिएको अधिकारलाई प्रयोग गर्दै बैबाहिक कानुनमा ढाल्ने अधिकार दिएको छ तर कानुनबाट कार्यान्वयन गर्ने कुरा बाँकी नै छ,’ भट्टराईले भने, ’यो चुनावमार्फत यदि ठिक ढंगका शक्ति यसलाई बुझ्ने आत्मसात गर्ने शक्तिहरु संसदमा भएनन् भने संविधान अनुसारको कानुन नबन्ने र कार्यान्वयन नहुने खतरा हुन्छ । त्यस हिसावले पनि यो निर्वाचन यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि महत्वपूर्ण छ । त्यही कारण नयाँ शक्ति पार्टीले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अग्रणी पिंकी गुरुङलाई समानुपातिक उम्मेदवार बनाएका छ ।’
उनले दुईवटा गठबन्धन मुख्य रुपमा संसदमा आउने आकलन गर्दै नयाँ सक्ति तेस्रो धारको रुपमा संसदमा छिर्ने बताए ।

’तपाईहरु तेस्रोलिंगीलाई विशेष रुपमा सम्बोधन गर्ने र तपाईहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने ढंगले हामीले समानुपातिक उम्मेदवार बनाएका छौ त्यो शक्तिको पनि पहिचान सहित एउटा शक्ति सहित संसदमा उपस्थित हुनु पर्छ,’ भट्टराईले भने, ’त्यसपछि मात्रै संविधानमा लेखिएका अधिकार कानुन बन्छन र कानुन बनेपछि लागू हुन्छ । त्यसैका लागि पनि राष्ट्रिय पार्टी बन्ने लक्ष्य बनाएका छौ । ठूलो संख्यामा रहेर पनि लुकेर बस्न बाध्य सबै यौनिक तथा लैंगिक अल्पसंख्यकहरु परिवारसहित भोट हाल्नुस ।’ उनले सबैलाई खुशी पारेर सफलता नपाईने भन्दै व्यवहारत प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति नयाँ शक्ति भएको भन्दै सबैलाई त्यही केन्द्रीत भएर भोट हाल्न समेत आह्वान गरे ।

नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्तिको समानुपातिक तर्फकी उम्मेदवार पिंकी गुरुङको भनाई सुन्न यसमा क्लिक गर्नु होला

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.