अधिकार प्राप्त गर्न आफै अगाडी आउनुपर्छ : पर्शुराम तामाङ

अधिकार प्राप्त गर्न आफै अगाडी आउनुपर्छ : पर्शुराम तामाङ

काठमाडौं (पहिचान) मंसिर १८ – माओवादी केन्द्रका नेता परशुराम तामाङले अधिकार आवस्यक भएका समुदाय आफै अघि बढेर अधिकार माग्नुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेता तामाङले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु पनि आफै अगाडी आएर अधिकारको दावी गवर्नुपर्ने बताए ।

‘म माओवादीको हेडक्वाटरमै छु, आवस्यक पर्यो भने म यौनिक तथा लैंगिक अल्पसंख्यकका लागि निर्णय गराउन सक्छु,’ तामाङले भने, ‘तर, यौनिक तथा लैंगिक अल्पसंख्यकले अगाडी बढेर अधिकार र समावेसिताको दावी भने आफैले गर्नुपर्छ ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा आफूले पार्टीमा लवि गर्ने बताए ।

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अधिकार सम्पन्न बनाउन र समाजमा अरु सरह बनाउन राज्यले पनि विशेष पहल गर्नुपर्ने तामाङको भनाइ छ । उहाँले संविधानमा लेखिएको अधिकार कार्यान्वयनका लागि सम्वन्धित समुदायका अगुवाहरु नेतृत्वमा पुग्नै पर्नेमा जोड दिए । “दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको सूचिमा कतिपय समुदाय छुटेका छन् उनले भने, ति समुदायको मुद्धा अगाडी लिएर जान म प्रतिवद्ध छु ।”

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.