यौनिक तथा लैंगिक आयोग गठन हुनुपर्छ : सुवाशराज काफ्ले

यौनिक तथा लैंगिक आयोग गठन हुनुपर्छ : सुवाशराज काफ्ले

584
SHARES

काठमाडौं (पहिचान) मंसिर १८ – जनसमाजवादी पार्टीका अध्यक्ष सुवाशराज काफ्लेले यौनिक तथा लैंगिक अल्पसंख्यकका सामाजिक, राजनीतिक र कानुनी समस्या संबोधन गर्न यौनिक तथा लैंगिक आयोग गठन गर्नुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा अध्यक्ष काफ्लेले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु यति ठुलो संख्यामा रहेर पनि उनीहको पहिचान नहुँदा उनीहरु समस्यामा रहेको बताए ।

‘राजनीतिक दलहरुले त यौनिक तथा लैंगिक अल्पसंख्यकहरुलाई साथ नलिएर पहिलेदेखि नैं गल्ति गरिरहेका रहेछन्, हामीले पनि नजानेरै त्यही गल्ति गरिरहेका रहेछौं,’ अध्यक्ष काफ्ले भने, ‘अब हामी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई साथ लिएर हिड्छौं, म राजनीतिक रुपमा पनि सबै दललाई एउटा सामुहिक निर्णय गरेर यौनिक तथा लैंगिक अल्पसंख्यकलाई अघि बढाउन आह्वान गर्छु ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई राजनीतिक सम्पर्क बढाउन आग्रह गर्दै अब कसैले पनि शोषित र पीडित भएर बाच्नु नपर्ने बताए ।

नेकपा मालेसँग चुनावी तालमेल गरेर भाग लिइरहेको जनसमाजवादी पार्टीले राजनीतिक रुपमा एमाले र माओवादीले कम्युनिजम छोडेको भन्दै अब यही गठबन्धनलाई निरन्तरता दिने बताए ।

समाचार शेयर गर्नुहोस्
584
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.