निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भक्ति शाहको प्रश्न : नेविसंघको केन्द्रीय समितिमा खै तेस्रोलिंगी ?

भक्ति शाहको प्रश्न : नेविसंघको केन्द्रीय समितिमा खै तेस्रोलिंगी ?

990
SHARES

काभ्रे (पहिचान) मंसिर १८ – तेस्रोलिंगी अधिकारकर्मी भक्ति शाहले समलिंगी तेस्रोलिंगीलाई समावेस गर्ने भन्दै महाधिवेशन प्रतिनिधि बनाएपनि नेविसंघले अलिहसम्म स्थान नदिएको बताएका छन् । कांग्रेस नेता मधु आचार्यसँग काभ्रेको धुलिखेलमा भएको भेटमा शाहले नेविसंघको केन्द्रीय समितिमा खै तेस्रोलिंगी भन्दै प्रश्न उठाएका हुन् ।

‘तपाईहरुका घोषणापत्रमा यौनिक तथा लैंगिक अल्पसंख्यकका बिषय सम्बोधन भएका छन्, तर पार्टीका संरचनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समेटिएका छैनन्,’ भक्तिले प्रश्न गरे, ‘पार्टीको १२ औं महाधिबेशनमा तेस्रोलिंगी भूमिका श्रेष्ठलाई महाधिबेशन प्रतिनिधि बनाउनु भयो, नेविसंघको महाधिबेशनमा म सहित दुइजना महाधिवेशन प्रतिनिधि भयौं तर, खोइ त केन्द्रीय र अन्य समितिहरुमा समावेस भएको ?’ उनले संविधान कार्यान्वयनका लागि भएका स्थानीय तहदेखि अहिले दोस्रो चरणमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभा चुुनावमासमेत यौनिक तथा लैंगिक अल्पसंख्यकको प्रतिनिधित्व नवगराएको गुनासो गरे । तेस्रोलिंगी अधिकारकर्मी शाहले शाहले प्रत्यक्ष तर्फ आस्था विचार अनुसार मत दिने तर समानुपातिकमा तेस्रोलिंगी उम्मेदवार बनाएका पार्टीलाई नै मतदान गर्ने बताए ।

काँग्रेस नेता एवं उम्मेदवार आचार्यले सम्बोधनका लागि पार्टीमा कुरा राख्ने भन्दै धेरै कुरा आफूले ढिला मात्र थाहा पाएको बताए । आचार्यले समलिंगी तेस्रोलिंगीलाई छोडेर जाने पार्टीको नीति नरहेको प्रष्ट पर्दै सबै बर्ग समुदायसहित उनीहरुका अधिकार संबोधन गर्ने कांग्रेसको नीतिमै रहेको बताए ।

‘यहाँ लोकतन्त्रको जग बसाल्नु छ तर चुनावमा सबैभन्दा डरलाग्दो रुपमा पैसा खर्च गर्ने उम्मेदवारहरुको शैली देखिएको छ,’ आचार्यले भने, ‘यसलाई रोक्नु पर्ने आवश्यकता छ, तपाईहरुले यही समयमा विचार पु¥याउनुहोस, पछि त्यसलाई परास्त ग¥यौं भने हामी समस्या समाधानका लागि दिलो ज्यानले लाग्नेछौं ।’

समाचार शेयर गर्नुहोस्
990
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.