निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

नयाँ शक्तिका उम्मेदवार शोभाकान्त भन्छन् – ‘कर्मचारीका रुपमा काम गर्दा समलिंगीको अधिकारको अवाज उठाए’

नयाँ शक्तिका उम्मेदवार शोभाकान्त भन्छन् – ‘कर्मचारीका रुपमा काम गर्दा समलिंगीको अधिकारको अवाज उठाए’

990
SHARES

बिनोद बिसी/रुपन्देही (पहिचान) मंसिर १९ – नयाँ शक्ति नेपाल रुपन्देही क्षेत्र नं. ३ (१) को प्रदेश सभा सदस्य पदका उम्मेद्धार शोभाकान्त नेपालले प्रतिनिधि तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा रुपन्देही जिल्लामा समलिंगी तेस्रोलिंगीको संख्याको आधारमा अधिकांश मत नयाँ शक्ती पार्टी नेपालले पाउने दाबि गरेका छन् ।

सानो पर्टी भएर पनि स्थानिय निर्वाचन देखि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा समलिंगी तेस्रोलिंगीहरुको सहभागिता नयाँशक्ति पार्टीले गराएको भन्दै उनले अहिले पनि अरु पार्टीले उम्मेदवार नबनाएका कारण सबै भोट आफूलाई र आफ्नो पार्टीलाई प्राप्त हुने बताएका हुन् ।

‘अबको दिनमा नयाँशक्ती पार्टी नेपालले निर्वाचनमा आफ्नो पार्टीलाई राष्ट्रिय पार्टी बनाउन जिल्ला देखि केन्द्र सम्मका समलिंगी तेस्रोलिंगी समुदायको महत्वपूर्ण भूमिका रहन्छ,’ उम्मेदवार नेपालले भने, ‘२०३७ साल देखि राजनैतिक क्षेत्रमा मात्र नभइ निजामति कर्मचारी हँुदासम्म देशका विभिन्न जिल्ला–जिल्लामा समलिंगी तेस्रोलिंगीहरुको अधिकारको विषयमा आवाज उठाएको छुँ ।’

नेपाल नयाँ शक्ति पार्टीका तर्फबाट रुपन्देही ३ को १ मा उम्मेदवार बनेका छन् ।

समाचार शेयर गर्नुहोस्
990
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.