जव मैले पुरुषसँगको विवाह अस्वीकार गरेसँगै घर छोड्न बाध्य भए : सूरक्षा दाहाल

जव मैले पुरुषसँगको विवाह अस्वीकार गरेसँगै घर छोड्न बाध्य भए : सूरक्षा दाहाल

काठमाडौं (पहिचान) मंसिर २३ – हेटौंडाकी सुरक्षा दाहाल आफ्नो टिनएज सुरु भएपछि महिलाहरुलाई नैं मन पराउन थालिन् । उनलाई आफैलाई आफ्नो सेक्सुवालिटिबारे जानकारी थिएन । परिणाम त त्यो समस्या कुनै दैवी समस्या वा केही होला भन्ने अन्धविश्वासबाट धामीझाक्रीकोमा समेत धाइन् ।

‘मलाई आफ्नो सेक्सुवालिटी यस्तो हो भन्ने त थाहा थिएन, तर पनि मेरो पुरुषसँग कुनै आकर्षण थिएन,’ सुरक्षाले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘जव घरबाट फोर्स म्यारिजकै रुपमा विवाह हुन लाग्यो र मैले अस्वीकार गरे, त्यसपछि म घरमा बस्ने वातावरण नैं रहेन र घरछोड्न बाध्य भए ।’ उनले आफूले नैं सेक्सुवालिटीबारे थाहा नहुँदा अनेक ठाउँमा धाएको अनुभव सुनाइन् ।

‘मलाई भाउजुले धामी झाक्रीकोमा लैजानु भयो, म आफै पनि थाहा नभएर ठिक हुन्छुकी भन्दै पुरुषसँग आकर्षण बढाउन धामी झक्रिकोमा गएँ,’ सुरक्षाले भनिन्, ‘तर प्रकृतीबाट आएको गुण कहाँ परिवर्तन हुँन्थ्यो र ? म जे हो त्यो कुरा घर छोडेर नील हिरा समाजमा आएपछि मात्र थाहा पाए ।’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.