समाज बुझ्नका लागि पनि पत्रकारले समलिंगी तेस्रोलिंगी बुझ्नु आवश्यक छ : शिव गाउँले

समाज बुझ्नका लागि पनि पत्रकारले समलिंगी तेस्रोलिंगी बुझ्नु आवश्यक छ : शिव गाउँले

काभ्रे (पहिचान) मंसिर २४ – पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाज बुझ्नका लागि यौंनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई पनि बुझ्न आवस्यक भएको बताएका छन् । नील हिरा समाजले गरेको मिडिया सचेतना कार्यक्रममा पूर्वअध्यक्ष गाउँलेले पत्रकार हुन समाज बुझ्नुपर्ने र समाज बुझ्नका लागि समलिंगी तेस्रोलिंगीलाई पनि बुझ्नुपर्ने बताए ।

‘पत्रकार हुनका लागि समाज त बुझ्नु पर्छ, समाज बुझ्नका लागि पनि यौनिक तथा लैंगिक अल्पसंख्यकसहित समाजका विविध पक्षको जानकारी हुनुपर्छ,’ गाउँलेले भने, ‘यदी हामीले प्लुरालिजम स्वीकार गरेका छौं, भने त्यसको अर्थ त समाजमा रहेका हरेक पक्षलाई स्वीकार्नु त प¥यो ।’ उनले बहुलवादलाई स्वीकार गरेर नैं चुनाव गरिएको बताए ।

‘हामी आफैले समलिंगी तेस्रोलिंगी भन्ने राम्ररी थाहा पाएका थिएनौं । त्यसैले पनि हामीले हिमालमा स्टोरी गर्दा यौनिक संवेदना समेटेर त्यो स्टोरी गरेका थिएनौं,’ गाउँलेले भने, ‘पुरुषहरु महिलाजस्ता र महिलाहरु पुरुष जस्ता हुन्छन् भन्ने स्टोरी छाप्दा धेरैले भेटेर फोन गरेर बधाइ दिएका थिए त्यो भन्दा धेरैले मनमनले पनि बधाइ दिएका थिए ।’ उनले त्यसवेलाका स्टोरीमा समुदायका धेरै असहमतिहरु रहन सक्ने भन्दै यस विषय त्यो सुरुवात भएको बताए ।

‘कुनैपनि इश्युको मूल्य त्यसको समाजशास्त्र, राजनीति शास्त्र र अर्थशास्त्रका आधारमा ठुलो वा सानो हुन्छ,’ उनले भने, ‘समलिंगी, तेस्रोलिंगीका विषयमा पनि यी तीन आधारमा जोख्नुभयो र स्टोरी बनाउन सक्नुभयो भने यो समाजका लागि विक्ने स्टोरी बन्न सक्छ ।’ गाउँलेले मिडियाको परिकल्पना भनेको सूसूचित समाज भएको र सुुसूचित समाजले सबै समस्याको समाधान आफै निकाल्छ भन्ने मान्यता भएको बताए । ‘यौनिक तथा लैंगिक अल्पसंख्यकका इश्युमा पनि मान्यता यही हो, मलाई लाग्छ मिडियाले त्यो मान्यताभन्दा बाहिर गएर खोजी गर्नु पर्दैन । समुदायले पनि यहि मान्यता स्वीकार गर्न आवश्यक छ,’ गाउँले भने ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.