अब बालबालिका हुँदै तेस्रोलिंगी पहिचान गरिन्छ, रोकिन्छ विभेद : भूमिका श्रेष्ठ

अब बालबालिका हुँदै तेस्रोलिंगी पहिचान गरिन्छ, रोकिन्छ विभेद : भूमिका श्रेष्ठ

काठमाडौं (पहिचान) मंसिर २७ – तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले बालबालिका देखि नैं समलिंगी तेस्रोलिंगी पहिचान गरी विभेद अन्त्यको सुरुवात भएको बताएकी छन् । नील हिरा समाजले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा सुरु गरेको एलविटी चाइल्ड प्रोजेक्टकी कार्यक्रम अधिकृत समेत रहेकी तेस्रोलिंगी अधिकारकर्मी श्रेष्ठले अबका बालबालिकाले आफ्नो समयमा जस्तो विभेद भोग्न नपर्ने बताइन् ।

बालबालिका सम्बन्धि अन्तराष्ट्रिय महासन्धी (सीआरसी) को कार्यान्वयनका लागि नेपाल सरकारसँग समेत सहकार्य गरेर संचालित भएको परियोजनाले बालबालिका देखि जन्मदै सुरु हुने विभेद अन्त्य गर्नुका साथै अभिभावकको इच्छामा अन्तरलिंगी भएर जन्मिएका बालबालिकाले सेक्स परिवर्तन गर्ने कुराको पनि अन्त्य गर्ने लक्ष्य बनाएको छ ।

‘अब बालबालिका छँदै समलिंगी तेस्रोलिंगी, अन्तरलिंगी (एलजीवीटीआई) बालबालिकाको पहिचान गरिने छ र उनीहरुले अब हाम्रो समयमा जस्तो विभेद भोग्नुपर्ने छैन,’ भूमिकाले भनिन्, ‘किन भने अब विद्यालय नजाँदै बालबालिको खोजी हुन्छ र विद्यालय गएका बालबालिकामा आउने विभिन्न प्रकारका गुणमा पनि विभेद हैन सहयोग गर्नका लागि अभिभावक र शिक्षकहरुलाई अभिमुख गरिने छ ।’ उनले पहिले नेपालमा काम गर्न कुनै सघसंस्था नहुँदा धेरै मानिसले विभेदको शिकार बन्नुपरेको अनुभव सुनाइन् ।

‘मैलो विद्यालयमा हुने विभेदकै कारण आफ्नो पढाइ पुरा गर्न सकिन, एसएलसी नदिदै विद्यालय छोड्न बाध्य भए,’ भूमिकाले भनिन्, ‘अब कुनै पनि बालबालिकाले त्यस्तो भोग्न नपरोस भन्ने हाम्रो लक्ष्य हो ।’ उनले आफ्नो लक्ष्य विभेदमुक्त समाजको निर्माण भएको भन्दै त्यसका लागि नेपालमा पहिलोपटक एलजीवीटीआई बालबालिकाको क्षेत्रमा काम सुरु भएको बताइन् ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.