ऐश्‍वर्यमा उत्कृष्ट अभिनयले तेस्रोलिंगीको चर्चा

ऐश्‍वर्यमा उत्कृष्ट अभिनयले तेस्रोलिंगीको चर्चा

 ऐश्‍वर्यमा उत्कृष्ट अभिनयले तेस्रो लिंगीको चर्चा

काठमाडौं (पहिचान) मंसिर २८ – हरेक मान्छेमा फरक क्षमता हुन्छ, चाहे त्यो जुनसुकै लिंगको होस। यही मान्यतामा विश्वास गर्दै आएकाछन् नायक रमेश उप्रेती। सोही मान्यताको कारण आफनो फिल्ममा तेस्रो लिंगीलाई स्थान दिएका छन्, उप्रेतीले भने, ‘लिंगको आधारमा कसैलाइ विभेद गर्नु हुँदैन।’

फरक कथावस्तु बोकेको फिल्म भनेर सर्वत्र चर्चाकमाइ रहेका उप्रेतीले फिल्म ‘ऐश्वर्या’ मा तेस्रोलिंगी कलाकारको भूमिका निकै मन पराएको दर्शकहरुले प्रतिक्रिया दिएका छन्। ‘ऐश्वर्या’ मा कथाको माग अनुसार तेस्रोलिंगीको भूमिका तय भएको भए पनि त्यसलाइ नकारात्मक रुपमा नलिन उप्रेतीले आग्रह गरे।

फिल्ममा तेस्रोलिंगी कलाकारले गरेको भूमिका नकारात्मक जस्तो देखिए पनि सिनेमा र वास्तविक जीवन फरक भएको बताए।उनले भने, ‘सिनेमामा चित्रण गरे जसरी वास्तविक जीवन हेर्नु हुँदैन। उनले कथावस्तुको विकास हुँदै गर्दा तेस्रोलिंगीलाइ समावेश बनाउनुपर्ने अवस्था सृजना भए पनि भविष्यमा अन्य फिल्महरुमा पनि उनीहरुलाइ समावेश गर्नेमा विस्वस्त रहेको बताए।

सबै मानिस एकै हुन् भन्‍ने सन्देश दिन चाहेका बताउँदै उप्रेतीले भने, ‘कुनै पनि लिंगका आधारमा कसैलाइ भेदभाव गर्नु हुँदैन।’तेस्रोलिंगी हुनु भनेको कुनै अभिश्राप नभइकन प्राकृतिक कुरा भएको र समाजका अन्य सामान्य मानिसलाइ जस्तै उनीहरुलाइ पनि माया र सम्मानको खाँचो रहेको उप्रेतीले बताए।

केही समय पहिला तेस्रोलिंगी मोडल तथा ब्यवसायी मेघना लामाको रेष्टुरेन्टको ओपनिङमा पुगेका अभिनेत्री रेखा थापाले पनि उनको फिल्ममा धेरै भन्दा धेरै तेस्रोलिंगीहरुलाइ काम दिएको बताएकी थिइन्। पर्दा बाहिर नभए पनि पर्दाभित्र धेरै तेस्रोलिंगीले आफूसँग काम गरिरहेको र आफूलाई तेस्रोलिंगीको आशिर्वाद मिलेको बताएकी थिइन्।

अभिनेत्री ऋचा शर्माले उनको फिल्म हाल्फ लभमा समलिंगीको कथा उतारेकी छिन्। एकपछि अर्का फिल्ममा उनीहरुलाई स्थान दिनुले तेस्रो लिंगीहरुलाई समाजमा स्थापित हुन सजिलो बनाउने र विस्तारै तेस्रोलिंगीलाइ हेरिने दृष्टिकोण परिवर्तन हुने दाबी गरिएको छ।

साभार : अन्नपूर्ण पोष्ट

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.