आय आर्जनका कार्यक्रममा सहयोग गर्ने उप प्रमूखको प्रतिवद्धता

आय आर्जनका कार्यक्रममा सहयोग गर्ने उप प्रमूखको प्रतिवद्धता

राज चौधरी/कैलाली (पहिचान) पुस ३ –  धनगढी उप महनगरपालिकाका उप प्रमुख सुशिला मिश्र भाटले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको बारेमा किताबबाटै जानकारी लिएको बताएकी छन् । “समाजमा यस्ता व्यक्तिहरु थुप्रै छन् र उहाँहरुको पहिचान गराउनमा समस्या रहेको छ उनले भनिन्, यो समुदाय आफै पनि खुलेर नआउँदा समस्या भोग्नु परेको छ ।”

आफ्नो अधिकार प्राप्तिको लागि यो समुदायले घरपरिवार समाजमा खुलेर अगाडी आउनु पर्ने उनको धारणा छ । उप प्रमूख भाटले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय माथि भइरहेको विभेद अन्त्यका लागि सबैले सहयोग गर्नुपर्ने वताइन । उनले आफु पनि आफ्नो ठाउँबाट खुलेर आवाज उठाउने प्रतिवद्धता जनाइन ।

उप प्रमुख भाटले कैलालीमा धेरैको संख्यामा समलिंगी तेस्रोलिंगी देखे पनि समाजमा खुलेर कम संख्यामा आएको बताईन् । समाजमा स्थापित हुनको लागि शुरुमा खुलेर आउन उनको सुझाव छ । उनले यो समुदायको लागि सचेतिकरण र आय आर्जनका लागि सहयोग गर्ने प्रतिवद्धता जनाइन ।

यो समुदायलाई मैले खोजि रहेको थिए, तर तपाई नै मलाई खोज्दै आउनु भयो मलाई खुशि लाग्यो उनले भनिन्, तपाईहरुको मुद्धा अर्थात सवाललाई अगाडी ल्याउन निरन्तर लाग्ने छु ।

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.