‘समलिंगी विवाहलाई मान्यता दिए हुन्छ’

‘समलिंगी विवाहलाई मान्यता दिए हुन्छ’

काठमाडौं (पहिचान) पुस ११ – गायक हेमन्त शर्माले यौनिक तथा लैंगिक अल्पसंख्यकको गीत गाउन तयार रहेको बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै उनले स्रोताले मन पराउने शब्द तथा संगीत भए गीत गाउन आफू तयार रहेको बताएका हुन् ।

“गीत भन्ने वित्तिकै सबैलाई मन पर्ने शब्द, संगीत र स्वरको मिठो संगम हुनुपर्छ, उनले भने, यी तीनवटै पक्ष राम्रो भए समलिंगी तेस्रोलिंगीको विषय अझ बढी स्रोताका लागि नोटिसेवल पनि हुन्छ जस्तो मलाई लाग्छ ।”

आर्थिक अभाव र उच्च व्यवसायिकताका कारण समलिंगी तेस्रोलिंगीका विषयमा गीतसंगीत नगाइएको उनको धारणा छ । मायाँ प्रेमका गीत नै तुलनात्मक रुपमा बढी विक्री हुने भएकाले पछि परेको वर्ग तथा समुदायका विषय गीतसगीतमा कमै उठेको उनको बुझाई छ ।

समलिंगी विवाहले विभिन्न देशमा मान्यता पाएको अवस्थामा नेपालमा पनि यसलाई मान्यता दिनु पर्ने उनको धारणा छ । “विश्वका विकसित देशहरुमा पनि यसले मान्यता पाइरहेको छ । भर्खरै मात्रै अष्ट्रेलियाले पनि समलिंगी विवाहलाई मान्यता दिएको खबर सार्वजनिक भएको थियो,उनले भने, मलाई लाग्छ समलिंगी मात्रै होइन दुई व्यक्ति बीच कुरा मिल्छ र विवाह गर्ने व्यक्ति राजीखुसी छन् भने जोसुकैले पनि विवाह गर्न सक्छन् र उनीहरुको सम्बन्धलाई मान्यता दिनुपर्छ जस्तो मलाई लाग्छ ।”

विकसित देशको तुलनामा समलिंगी तेस्रोलिगीले नेपालमा चाँडै अधिकार पाइरहेको भन्दै उनले वैवाहिक अधिकार पनि राज्यले प्रदान गर्ने विश्वास व्यक्त गरे ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.