सर्लाहीका समलिंगी पुरुष मनिल सिंहलाई मिष्टर गे हेन्डसमको उपाधी 

सर्लाहीका समलिंगी पुरुष मनिल सिंहलाई मिष्टर गे हेन्डसमको उपाधी 

edf

काठमाडौं (पहिचान) पुष ११ – दोस्रो मिष्टर गे हेन्डसम २०१७ को उपाधी सर्लाहीका मनिल सिंहले जितेका छन् । १६ जना प्रतिष्पर्धीबाट टप टेन र टप फाइभमा छनौट हुँदै सिंहले मिष्टर गे हेन्डसमको उपाधी जितेका हुन् । उनले ५० हजार नगद पुरस्कार पाएका छन् ।

नील हिरा समाजले समलिंगी पुरुषहरुको हेन्डसम छान्न गरेको मिष्टर गे हेन्डसमको फष्ट रनर अप कैलालीका विरेन्द्र चौधरी भएका छन् । उनले ४० हजार नदग पुरस्कार पाए ।

edf

यस्तै सेकेण्ड रनर अपको उपाधी ललितपुरका अनुज राई पिटरले पाएका छन् । उनले नगद ३० हजार रुपैयाँ प्राप्त गरे । १६ जना प्रतिष्पर्धी मध्ये विभिन्न विधामा मिष्टर गे हेन्डसमको वेष्ट पर्सानालिटीको सवटाइटल उपाधी समर विकले पाए भने वेष्ट वाकको सवटाइटल उपाधी अविनाश श्रेष्ठले हात पारे ।

यस्तै वेष्ट कन्जियानिलिटीमा मानव तामाङ, वेष्ट लुक्समा कार्तिक क्षेत्री र वेष्ट कन्फिडेन्सको सवटाइटल उपाधी सुशिल सुनारले प्राप्त गरे । सन् २०१३ मा भएको पहिलो मिष्टर गे हेन्डसमको उपाधी मकवानपुरका विश्वराज अधिकारीले जितेका थिए ।

सन् २०१७ को मिष्टर गे हेन्डसमको उपाधी विजेता मनिल सिंहले समुदायको अधिकार स्थापित गराउने अभियानमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसरको रुपमा प्रतियोगितामा सहभागी भएको वताए । उनले उपाधी पहिरिन पाउँदा खुशी लागेको भन्दै लुकेर बसेका समलिंगी पुरुषलाई खुलेर आउन र अधिकार प्राप्तिका अभियानमा लाग्न आग्रह गरे ।

फष्ट रनर अप विरेन्द्र चौधरीले समलिंगी पुरुष घर भित्रै दविएर बस्नु पर्ने बाध्यता अन्त्य गर्ने खुटकिलोको रुपमा आफूले पाएको उपाधीलाई लिएको वताए । उनले समलिंगी पुरुषको अधिकारका लागि निरन्तर लागि रहने वताए । सेकेन्ड रनर अप अनुज राई पिटरले संविधानमा लेखिएको अधिकार कार्यान्वयनका लागि आफू सधै क्रियाशिल भइरहने वताए । समलिंगी विवाहको कानुन बनाउन राज्यलाई दवाव दिइरहने राईको भनाई छ ।

मिष्टर गे हेन्डसमका १६ जना प्रतिष्पर्धी मध्ये टपटेनमा प्रतियोगी नम्बर १६ का मनिल सिंह, प्रतियोगी नम्वर १३ का महेश पन्त ७ का अनुज पिटर राई, १० का समर विक र प्रतियोगी नम्वर १५ का सौरभ श्रेष्ठ परेका थिए । यस्तै प्रतियोगी नम्वर ८ का विरेन्द्र चौधरी, ४ का अविनाश श्रेष्ठ, १२ का अवि चौधरी, ९ का कार्तिक क्षेत्री र प्रतियोगी नम्वर मानव तामाङ टप टेनमा परेका थिए ।

टपटेनमा छानिएका मध्ये टप फाइभमा समर विक, विरेन्द्र चौधरी, मानव तामाङ, मनिन्द्र सिंह र अनुज पिटर राई परे । टप फाइभमा परेका प्रतिष्पधीलाई मानवअधिकारकर्मी कपिल श्रेष्ठले सुरुमा क्रिकेट खेल्दा बेला बेला प्रयोग गरिने एलबिडब्लुको पूरा अर्थ के भनेर सोधेका थिए । तर यो प्रश्न प्रतिष्पर्धी मात्रै नभएर दर्शक समेत अकमकिएपछि उनले यौनिक अल्पसंख्यकको मानवअधिकारका प्रमूख बिषयहरु के के हुन जस्तो लाग्छ भनेर दोस्रो प्रश्न गरेका थिए । टप फाइभमा परेका प्रतिष्पधीले ३ मिनेटमा प्रश्नको जवाफ लेखेर सुनाएका थिए ।

केही तस्विरहरु :

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.