प्रदीप पौडेलको प्रश्न : अब पनि यौनिक अल्पसंख्यकसहित सबैले अपनत्व ग्रहण गरेनन् भने कसरी समावेसी लोकतन्त्र ?

प्रदीप पौडेलको प्रश्न : अब पनि यौनिक अल्पसंख्यकसहित सबैले अपनत्व ग्रहण गरेनन् भने कसरी समावेसी लोकतन्त्र ?

काठमाडौं (पहिचान) पुस १४ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संविधान अनुसार समावेसी लोकतन्त्र संथागत रुपमा अघि बढ्नुपर्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेता पौडेलले समावेसी लोकतन्त्रलाई संस्थागत गर्न अब सबै क्षेत्र लिंग वर्ग धर्म र समुदायले अपनत्व गर्नेगरी लोकतन्त्रिक अभ्यास अघि बढ्नुपर्ने बताए ।

‘अब पनि यौनिक तथा लैंगिक अल्पसंख्यकसहित सबै धर्म, वर्ग, लिंग र समुदायले अपनत्व ग्रहण गर्न सकेनन् भने कसरी समावेसी लोकतन्त्र हुन्छ ?,’ पौडेलले प्रश्न गरे, ‘त्यसो गर्न सकेन भने अबको नेतृत्वले लोकतन्त्रलाई अघि बढाउन सक्छ भनेर कसरी विश्वास गर्ने ?’ उनले नेताहरुले पनि आफूलाई समय अनुकुल छौं भनेर देखाउन अब समावेसी लोकतन्त्रको अभ्यास सबैले महसुस गर्नेगरी सुरु गर्नुपर्ने बताए ।

‘अब यौनिक तथाा लैंगिक अल्पसंख्यकको वा अरु कुनै समुदायको भौतिक उपस्थिति प्रतिनिधिसभा वा प्रदेशसभामा छ वा छैन भनेर हेर्ने होइन, देशमा कुन कुन समुदाय छन् र उनीहरुका आवश्यक कुरा के हुन् भनेर हेर्ने होे,’ पौडेलले भने, ‘यदी त्यस्ता विषयलाई संबोधन गर्न सकेन भने अहिलेका लागि त्यो नेतृत्व अयोग्य ठहर्छ, यो समयको राजनीतिलाई उसले प्रतिनिधित्व गर्न सक्दैन भन्ने अर्थ लाग्छ ।’

पौडेलले समावेसी लोकतन्त्र भनेकै सबैले अपनत्व ग्रहण गर्नु आवस्यक भएको भन्दै आफ्नो राजनीतिक यात्रा सबैलाई लिएर हिड्ने भएको बताए ।

‘राजनीतिक दलहरुले पनि सबैलाई समेट्न आफ्ना पार्टीका निकायहरु समावेसी बनाउँदै लैजानुप¥यो, पछाडी परेका समुदायले पनि आफ्ना मुद्धा स्थापित गर्न लाग्नुप¥यो,’ पौडेलले भने, ‘म सधै पछाडी परेको समुदाय र लोकतन्त्रले छुटाएका पाटोका विषय उठाउन उहाँहरु सँगै हुने छुँ, उहाँहरु आउनुप¥यो, मलाई र राजनीतिक नेतृत्वलाई बुझाउनुप¥यो ।’

 

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.