मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गर्न निर्देशन

मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरण गर्न निर्देशन

इन्दिरा न्यौपाने/चितवन (पहिचान) पुस १६ – नील हिरा समाजले आफू माथि हुने मानवअधिकार उल्लघंनका घटनाको अभिलेखिकरण गर्न निर्देशन दिएको छ । तेस्रोलिंगीहरुमा मानवअधिकार उल्लंघनका घटना धेरै हुने गरेपनि अभिलेखिकरण नहुँदा न्यान नपाइने भन्दै समाजले त्यस्ता घटनाको अभिलेखिकरण गर्न निर्देशन दिएको हो ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायमा हुने मानवअधिकार उल्लंघनका घटनाको अभिलेखिकरणबारे भएको तालिममा नील हिरा समाजमा कार्यरत तेस्रोलिंगी मानवअधिकारकर्मी भक्ति शाहले घटना न्यूनिकरणका लागि पनि अभिलेखिकरण महत्वपूर्ण भएको वताए । घटना कस्तो खालको हो र त्यो घटनाले सम्बन्धित व्यक्ति वा समुहलाइ कस्तो असर परेको छ या छैन भन्ने स्पष्ट रुपमा अभिलेखिकरण गनुपर्ने शाहले जानकारी दिए ।

बिशेष गरी तेस्रोलिंगीहरुमा धेरै घटना हुने गरेका र घटनालाइ महत्वको रुपमा नहेर्दा अभिलेखिकरण नभएको तालिममा सहभागीहरुले बताए । आगामी दिनमा आफ्नो समुदायप्रति घटेको जस्तोसुकै घटनालाइ पनि अभिलेखिकरण गर्ने उनीहरुले प्रतिवद्धता जनाए । कुनै पनि समस्या समाधानका लागि प्रतिवेदन आवश्यक हुने र त्यसले भावी कार्य योजनामा सहयोग पुग्ने तालिममा प्रष्ट पारिएको थियो । तालिममा विभिन्न जिल्लाका १५ जना यौनिक तथा लैंगिक अल्पसंख्यक सहभागी भएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.