चलचित्र ‘म होइन म’ पोखरामा स्क्रिनिङ

चलचित्र ‘म होइन म’ पोखरामा स्क्रिनिङ

कास्की (पहिचान) पुस २० – समलिंगी सम्बन्धलाई मुख्य कथानक बनाएर निर्माण गरिएको चलचित्र ‘म होइन म’ पोखरामा स्क्रिनिङ गरिएको छ । बिहीबार स्क्रिनिङ गरिएको चलचित्र करिव एक सय जना भन्दा धेरैले हेरेका छन् ।

नील हिरा समाजले गरेको स्क्रिनिङमा समलिंगी तेस्रोलिंगीसँगै यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको अभियानमा सहयोग गर्दै आएका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

चलचित्रले समलिंगी सम्बन्धलाई उठान गर्दै जबरजस्ती विपरित लिंगीसँग समलिंगी विवाह गरिदिदाँ कसरी दुवैको घरबार र जीवन तहसनहस हुन्छ भनेर देखाइएको छ ।

इलम दीक्षितले निर्देशन गरेको चलचित्रमा व्यबसायिक चलचित्रमा अभिनय गर्दै आएका कलाकार दखि साहित्यकार सम्मले अभिनय गरेका छन् ।

सामाजिक लैंगिक विषयमा केन्द्रित रहेको चलचित्र आर्ट मुभी अन्तरगत रहेको छ ।

चलचित्र स्क्रिनिङमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले चलिचित्रमा देखाए जस्तै समलिंगीको विवाह जबरजस्ती विपरितलिंगीसँग भैरहेको बताइन् । उनले यसरी इच्छा विपरित हुने विवाहले दुवै पक्षलाई फाइदा नगर्ने भन्दै समलिंगी विवाहलाई मान्यता दिनुपर्नेमा जोड दिइन् । समलिंगी विवाहको अधिकार नदिएसम्म दिनहु समलिंगीहरु बलात्कार हुनुपर्ने अवस्था रहिरहने ढकालको भनाइ छ ।
“हाम्रो पनि घरजम गर्ने र मायाँप्रेम आफूले चाहेको व्यक्तिसँग गर्ने अधिकार छ । यसलाई राज्यले वैधानिकता दिनुपर्छ । हामी यसकै पर्खाइमा छौं,” निर्देशक ढकालले भनिन्, “‘म होइन म’ म चलचित्र स्क्रिनिङको मुख्य उद्धेश्य समाजमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पनि छन् र उनीहरुलाई पनि स्वीकार गर्नुपर्छ भन्ने हो ।”

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.