मिडियाकै सहयोगमा सफल सगरमाथाको यात्रा तय भएको हो : मनिषा ढकाल

मिडियाकै सहयोगमा सफल सगरमाथाको यात्रा तय भएको हो : मनिषा ढकाल

कास्की (पहिचान) पुस २२ – नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले नेपालमा मिडियाले गरेको सहयोगकै कारण यौनिक तथा लैंगिक अल्पसंख्यककले सपलताको यात्रा तय गरेको बताएकी छन् । पहिलो ‘गे भिजिवलिटी’ तथा मिडिया टे«निङ कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै ढकालले मिडिया सपोर्टकै कारण अहिलेसम्मका उपलब्धि हासील भएको बताइन् ।

‘विश्वका धेरै देशहरुमा एलजीवीटीआईका मुद्धा विरुद्ध पनि मिडियाहरु प्रयोग भएको पाइएको छ, त्यसका कारण एलजीवीटीआई आन्दोलन नैं अप्ठेरोमा परेका पनि उदाहरण छन्,’ मनिषाले भनिन्, ‘हामीले मिडियाकै सहयोगमा करिव १७ वर्षमा सफल सगरमाथा यात्रा तय गरेका छौं ।’ उनले नेपालमा एलजीवीटीआई आन्दोलनले सफलताको सगरमाथा नचुमेपनि सफल यात्रा आरम्भ भएको बताइन् ।

उनले मिडियामासँग सुरु सुरुमा सुमदायका सदस्यहरु समत डराउने गरेको अनुभव सुनाइन् । ‘१६ वर्ष अघि मिडियाहरु हाम्रो अफिसमा आए, हामी सबै कोही ट्वाइलेटमा कोही छतमा लुक्यौं,’ मनिषाले भनिन्, ‘सुनिलबाबु पन्त दाइले मिडिया डिल गर्नुभयो । पछि ‘हिजडाले पनि अफिस खोले’ भनेर समाचार आयो । हामी थप मुख छोपेर हिड्न बाध्य भयौं ।’

उनले त्यसपछि यौनिक तथा लैंगिक अल्पसंख्यकहरु खुल्ने आँट र साहस गरेदेखि नैं मिडियामा खुल्न थालेको सुनाइन् । ‘हामीले शाहस बटुलेर जव बोल्न थाल्यौं, त्यसपछि सर्पोट मिडियाबाट नै आयो । हामी खुलेर हिड्ने र अहिलेका उपलब्धी हासिल गर्ने अवस्था निर्माण भयो,’ उनले भनिन, ‘हामी सफलताको सगरमाथा चढिसकेका छैनौं । तर पनि सगरमाथाको सफल यात्रा तय भइसकको छ ।’

उनले यी उपलब्धिमा मिडियाको साझेदारी भएको भन्दै अवका दिनमा विश्वकै उदाहरण बन्ने र उपलब्धी हासिल गर्न मिडियाको सहयोग अनिवार्य भएको बताइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.