व्यक्तिको स्वतन्त्रताका लागि लड्ने कांग्रेसले तेस्रोलिंगीका मुद्दा छोड्दैन : डा.रणबहादुर रावल

व्यक्तिको स्वतन्त्रताका लागि लड्ने कांग्रेसले तेस्रोलिंगीका मुद्दा छोड्दैन : डा.रणबहादुर रावल

काठमाडौं (पहिचान) पुस २५ – नेपाली कांग्रेसका नेता तथा प्रदेश नम्बर–७ का लागि निर्वाचित सांसद डाक्टर रणबहादुर रावलले तेस्रोलिंगीका अधिकारका लागि नेपाली कांग्रेसले लड्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा नेता रावलले सबै नागरिकले समान अवसर र सम्मान महसुस गर्ने वातावरण निर्माण कांग्रेसको अभियान भएको बताए ।

‘नेपाली कांग्रेस सधै व्यक्तिको स्वतन्त्रताका पक्षमा लड्ने पार्टी हो, त्यसैले तेस्रोलिंगीका अधिकारका लागि नलड्ने भन्ने प्रश्नै हुँदैन,’ रावलले भने, ‘त्यसैले संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेका समलिंगी तेस्रोलिंगी अन्तरलिंगीलाई अधिकार र सम्मानको वातावरण निर्माणमा हामी लाग्ने छौं ।’ उनले केन्द्र र प्रदेश सरकारको अवको प्राथमिकता संविधान अनुरुपको समावेसी अभ्यास भएको भन्दै कांग्रेसले त्यसका लागि खबरदारी गर्ने बताए ।

‘अहिले कांग्रेसले भूमिका नैं प्रतिपक्षको पाएको छ, त्यसैले अब कांग्रेसले खबरदारी गर्ने हो,’ रावलले भने ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.