हामी समलिंगी तेस्रोलिंगीलाई सँगै लिएर हिड्छौं, हेर्नुहोला : महेन्द्र आनन्द

हामी समलिंगी तेस्रोलिंगीलाई सँगै लिएर हिड्छौं, हेर्नुहोला : महेन्द्र आनन्द

काठमाडौं (पहिचान) माघ ४ – राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य महेन्द्र आनन्दले समलिंगी तेस्रोलिंगीलाई सँगसँगै लिएर हिड्ने बताएका छन् । पहिचानसँगको कुराकानीमा केन्द्रीय सदस्य आनन्दले गणतन्त्र नेपालमा गणतन्त्र आएसँगै समावेसिता पनि सुरुवात भएको भन्दै अब कुनैपनि नागरिक वहिस्करणमा पर्न नहुने बताए ।

‘गणतन्त्र नेपालको संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यकसहित धेरैवटा समुहलाई समावेसिताको क्लस्टरमा राखेको छ,’ आनन्दले भने, ‘त्यो समावेसिता र संघीयताको श्रेय राजपा र मधेस केन्द्रीत दलहरुलाई जान्छ, त्यसको कार्यान्वयन हामीले नगर्ने भन्ने कुरै हुँदैन ।’ उनले मधेश आन्दोलनकै कारण नेपालमा संघीयता र समावेसिता आएको भन्दै समावेसिताको अभ्यास पनि राजपाले नैं सुरु गर्ने दावी गरे ।

पुराना पार्टीहरुले समावेसिताको अभ्यास नगरेकै कारण नेपालमा जनआन्दोलन र मधेस आन्दोलन भएको भन्दै उनले अब कोही पनि समावेसिताको सिद्धान्तबाट बाहिर जान नसक्ने बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.