निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुमा अझै पनि विभेद कायमै 

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुमा अझै पनि विभेद कायमै 

820
SHARES
भरतराज शर्मा (गोपाल)/सुनसरी (पहिचान) माघ ७ – यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुले समाजमा अझैपनि लाञ्छाना र विभेद कायम रहेको बताएका छन् । पहिचानका सवालमा परिवार तथा समाजमा विभेदको जालो जकेडिएको उल्लेख गर्दै उनीहरुले सम्मान पुर्वक बाच्ने अधिकारलाई राज्यले नै कुण्ठित पारेको आरोप लगाएका छन ।

ब्लु डाईमन्ड सोसाईटी सुनुसरी धरानको आयोजनामा गरिएको यौनिक तथा लैंगिक अल्पसंख्यक सम्वन्धि अन्र्त्िक्रया कार्यक्रममा सहभागि समलिंगी तेस्रोलिंगीहरुले आफनो समुदायका लागि उचित कानुनको ब्यवस्था नहुँदा विभिन्न खाले झण्झट सहनु परेको गुनासो गरे ।
कार्यक्रममा नील हिरा समाज ईटहरीका मानव अधिकार कार्यक्रम अन्र्तगत रहेर कार्यक्रम संयोजकको रुपमा काम गर्दै आएका १ नं प्रदेशका संयोजक सुमन तामाङले तेस्रोलिंगी समलिंगी प्रति समाजमा गरिने ब्यवहार विभेदपुर्ण भएको विचार राख्दै अरु मानव सरह समलिंगी तेस्रोलिंगीहरुलाई रोजगार, आरक्षण, शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनु पर्ने बताए ।
कार्यक्रममा पत्रकार रमेश बाग्लेले बिकासका नाममा स्कुल, कन्सट्रक्सन लगायतका मानब सेवा सुबिधा जोडिएपनि मान्छेलाई समाजमा मान्छेको रुपमा अहिलेपनि स्वीकार गर्न नसकेको बताए ।
वाग्लेले यौनिकता तथा समलिंगीहरुको अधिकारका निम्ती पनि राज्यले बिभिन्न नीति तथा कार्यक्रम ल्याउन आबश्यक भएको र त्यसका लागी पत्रकार जगतले भुमिका खेल्नुपर्ने बताए ।
यदि पत्रकार जगतले एउटा मात्र बिषय तेस्रोलिंगी वा यौनिक तथा लैंगिक अल्पसंख्यक बिषय उठाई दिए  त्यसले सकारात्मक परिबर्तन आउने बिश्वाश वाग्लेको छ ।
बाग्लेले एक अर्काे प्रसंगमा समाज मानबिय रुपमा बिकास हुनु रुरी रहेको बताउदैयौनिक तथा लंैगिक अल्पसंख्यक मानवलाई बिशेष दायरामा बाधेर राख्न नमिल्ने बताए ।
साथै उनले जन्मदै आमा बुवाबाट बिभेद सहदै आएका उनीहरुका लागी सरकारले नागरिकताको नीति, बिबाह दर्ताको नीति र सन्तान प्राप्तीको लक्ष्य प्रति पनि सचेत रुपमा कानुन बनाउन आबश्यक रहेको बताए ।
नील हिरा समाजको सुनसरी जिल्ला कार्यक्रम संयोजक बिनोद बाग्ले नेपालभरी कुल जनसंख्याको करिब ८ देखी १० प्रतिशत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्ति रहेको जानकारी दिए ।

समाचार शेयर गर्नुहोस्
820
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.