मकवानपुरमा ३ सय ३० जनाको रक्त परिक्षण

मकवानपुरमा ३ सय ३० जनाको रक्त परिक्षण

मकवानपुर (पहिचान) माघ ८ – नील हिरा समाज मकवानपुरले एक महिनामा ३ सय ३० जनाको रक्त परिक्षण सीबीटी गराएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायकोे मानवअधिकार र एचआइभी रोकथामको क्षेत्रमा काम गर्दै आएको नील हिरा समाज शाखा कार्यालय मकवानपुरले पुस महिनामा ३ सय ३० जनाको रक्त परिक्षण सीबीटी गराएको हो ।

रक्त परिक्षणमा २ जना एच आइ भी संक्रमित भेटिएको छ । संक्रमित ति २ जनालाई जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरमा प्रेषण रिफर गरिएको नील हिरा समाज मकवानपुरका ल्याव असिस्टेन्ट महा सागर प्रसाद राउतले जानकारी दिए । रक्त परिक्षणको लागि भिमफेदी सम्म गएको शाखा कार्यलय मकवानपुरका कार्यक्रम संयोजक सुरज थापाले बताए ।

भिमफेदीका एच आइ भी संभावित व्यक्तिहरुलाई रक्त परिक्षण गर्नुको साथै यौनिक तथा लैंगिक अल्पसंख्यकको बिषयमा जानकारी दिएको मानव अधिकार कर्मी सुमित पौडेलले बताए ।

समाजले जिल्ला प्रशासन कार्यलय मकवानपुरको स्विकृति र सशस्त्रका डिएसपी राजु पाण्डे, नेपाल प्रहरीका रामविश्वास यादव र कारागार प्रशासक मात्रिका प्रसाद दाहालको अनुमतीमा भिमफेदी कारागारमा रहेका यसै समुदायका केही व्यक्तिहरुको पनि रक्त परिक्षण गरेको छ ।

एचआइभि जोखिमलाइ न्युनिकरण गराउनेबारे जानकारी गराउदै समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीका विषयमा त्यहाका प्रशाशन र उपस्थितलाइ सुमित पौडेलले प्रष्ट पारे । नयाँ विषयमा जानकारी पाएको भन्दै आफ्नो कारागारमा पनि त्यस्ता व्यक्तिहरु रहन सक्ने हुदा यस विषयमा जानकारी लिन अनिवार्य भएको कारागार प्रशाशनले वताएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.