पोखरामा एक हजार एक सय ४१ जना मध्ये ९ जनामा भेटियो एचआइभी पोजेटिभ

पोखरामा एक हजार एक सय ४१ जना मध्ये ९ जनामा भेटियो एचआइभी पोजेटिभ

कास्की (पहिचान) माघ १० – पोखरामा १ हजार १ सय ४१ जनामा रक्त परिक्षण गर्दा ९ जना एचआईभी पोजेटिभ भेटीएको छ । पुरुष समलिंगी र तेस्रोलिंगी महिलामा रक्त परीक्षण गरिएकोे हो । नील हिरा समाजको शाखा कार्यालय नौलो विहानी पोखराले सन् २०१६ को अक्टोबर १६ देखि सञ्चालन गरेको १६ महिनाकोे परीक्षण शिविरमा यस्तो भेटीएको हो ।

‘करीब एक हजार एक सय ४१ जनामा रक्त परीक्षण गर्दा ९ जनामा एचआईभी पोजेटिभ भेटीएको छ,’ नौलो बिहानी पोखराका कार्यक्रम संयोजक राजु थकालीले भने, ‘जोखिमपूर्ण र सम्भाबित क्षेत्रहरु हेरेर गरिएको परीक्षणमा यस्तो भेटीएको हो ।’ थकालीले गत बर्षको अक्टोबरबाट सुरु गरेको एचआईभी परीक्षण घुम्ती स्वास्थ शिविरमा चुनौती पनि उत्तीकै रहेको बताए ।

परामर्श गरेर बुझाउन गाह्रो हुनु, समुदायका व्यक्तिले समयको अभाव देखाउँदै रक्त परीक्षण गर्न रुची नगर्नु तथा एचआईभी पोजेटिभ परिणाम आउँछ भन्ने डरले परीक्षणबाटै भाग्नु परिक्षणका क्रममा चुनौतिका रुपमा देखा परेको उनले बताए ।

अभियानका क्रममा जोखिमपूर्ण यौन जीवन विताइरहेका समलिंगी पुरुष तथा तेस्रोलिंगी महिलालाई एचआईभी सम्बन्धि शिक्षा तथा एचआईभी परीक्षण सेवा दिएको थकालीले जानकारी दिए । समलिंगी, तेस्रोलिंगीहरु स्वास्थ्य शिविरमा परामर्श तथा एचआईभी परीक्षण गर्दै आएको भन्दै समुदायका व्यक्तिमा एचआईभी परीक्षण नियमितरुपमा गर्नुपर्छ भन्ने भावना विकास भएको थकालीले बताए । नौलो विहानी पोखराले लिङ्केजेज नेपालको सहयोगमा पोखराका विभिन्न ठाउँमा एचआईभी न्यूनीकरण तथा रोकथाम कार्यक्रम संचालन गर्दै आएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.