संविधान बदलियो, तेस्रोलिंगीका लागि नीति निर्माताको सोच बदलिएन : शंकर तिवारी

संविधान बदलियो, तेस्रोलिंगीका लागि नीति निर्माताको सोच बदलिएन : शंकर तिवारी

काठमाडौं (पहिचान) माघ १२ – युवा राजनीतिका विश्लेषक शंकर तिवारीले समलिंगी तेस्रोलिंगी मैत्री संविधान बने पनि नीति निर्माताको सोत बदलिन बाँकी रहेको बताएका छन् । पहिचानसँगको कुराकानीमा तिवारीले संविधान सकारात्मक बनेर पनि तेस्रोलिंगी मैत्री कानुन नबनेको बताए ।

‘संविधान त यौनिक तथा लैंगिक अल्पसंख्यकका विषयमा प्रगतिशील भएको छ । तर, नेता र नीति निर्माता दुबैको सोचमा परिवर्तन आएकै छैन,’ तिवारीले भने, ‘त्यही कारण संविधानमा संबोधन भएको यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय कानुनमा लिपीबद्ध हुन र कार्यान्वयनमा आउन सकेका छैनन् ।’ उनले समाजको अवस्था र त्यसले प्रभाव पारेका नीति निर्माता तथा नेताहरुमा परिवर्तन आएपछि मात्र समाज र देशको सर्वाङ्गीण विकास सम्भव हुने बताए ।

‘आज पनि हिजोका पुस्ताहरुले पार्टीहरु र देशको नेतृत्व गरिरहेका छन् । त्यसैले प्रगतिशिल संविधान र नीतिहरु पनि कार्यान्वयनमा आएका छैनन् ,’ तिवारीले भने, ‘त्यसलाई बदल्न अब युवा पुस्ताले सम्पूर्ण बल आफू र आफ्नो पार्टी बदल्न लगाउनुपर्छ र पार्टी, राजनीतिक नेतृत्वसँगै देश बदल्न सम्भव हुन्छ ।’ उनले त्यति भए समलिंगी तेस्रोलिंगी मात्र नभएर कसैले पनि राज्यको नीतिबाट बहिस्करणमा परेको महसुस गर्नुनपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.