निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगी र महिलाका उजुरी थप गम्भीरताका साथ हेर्छौ : मञ्चला झा

तेस्रोलिंगी र महिलाका उजुरी थप गम्भीरताका साथ हेर्छौ : मञ्चला झा

745
SHARES

काठमाडौं (पहिचान) माघ १७ – सत्य निरुपण तथा मेलमिलाप आयोगकी सदस्य मञ्चला झाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका र महिलाका उजुरी थप गम्भीरताका साथ अध्ययन तथा अनुसन्धान गर्ने बताएकी छन् । पहिचानसँगको कुराकानीमा सदस्य झाले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु द्वन्द्व कालमा आफ्नै पक्षबाट पनि पीडित भएका कारण उनीहरुका उजुरीमा थप गम्भीर्यता आवश्यक देखिएको बताइन् ।

माओवादी सशस्त्र युद्धका क्रममा धेरै महिला राज्य पक्ष र युद्धरत माओवादीको तर्फबाट लड्दा आफ्नै समुहभित्रैबाट हिंसामा परेका छन्, बलात्कृत भएका छन्, झाले भनिन्, महिलाका त्यस्ता थुप्रै उजुरी आयोगमा परेका छन्, तर, यौनिक तथा लैंगिक अल्पसंख्यकका परेको थाहा पाएको छैन, त्यस्ता उजुरीमा आयोगले थप गम्भीरता देखाउने छ । उनले आयोगप्रति सम्पूर्ण पीडितहरुको धेरै आसा गरेको भन्दै त्यो आसालाई निरासामा परिणत हुन नदिन आयोग गम्भीर हुने बताइन् ।

माओवादी युद्धका क्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक पनि हिंसामा परेका हुन सक्छन्, तर आयोगमा उजुरी नपर्दासम्म त्यो कुरा थाहा हुँदैन, झाले भनिन्, त्यस्ता पीडित भए उजुरी दिनुहोस, हामी त्यसलाई उचित संबोधन गर्नेछौं ।

विक्रम सम्बत २०७१ साल माघ २८ गते गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगको ०७३ माघमा म्याद सकिएपछि संविधान अनुसार सरकारले म्याद थप गरेको थियो । तर अहिले संविधान अनुसारको म्याद सकिइसकेपछि आयोगको म्याद थप्न संविधान नैं अध्यादेशमार्फत संशोधन गरिएको छ ।

समाचार शेयर गर्नुहोस्
745
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.