निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

तेस्रोलिंगीको सम्पदा बचाउ अभियान– हस्ताक्षर संकलन देखि सडक सचेतनासम्म

तेस्रोलिंगीको सम्पदा बचाउ अभियान– हस्ताक्षर संकलन देखि सडक सचेतनासम्म

864
SHARES
edf

काठमाडौं (पहिचान) माघ १७ – यौनिक लैंगिक अल्पसंख्यकहरुले सम्पदा बचाउ अभियान सुरु गरेका छन् । यो अभियान ६ महिनादेखि निरन्तर चलिरहेको छ । त्यो अभियानले मल्लकालिन रानी पोखरीलाई काठमाडौंका मेयरकै संलग्नतामा आधुनिक र व्यवसायिक बनाउने भन्दै त्यसको पहिचान मेटाउने प्रयास सुरु भएपछि तिब्रता पाएको अभियान अहिले बसन्तपुर संरक्षणमा केन्द्रीत छ ।

सम्पदा संरक्षणको अभियानमा अन्य सरोकारवालाहरु जस्तै तेस्रोलिंगीहरु पनि जोडिएका छन् र सम्पदा मासिन नदिने कसम खाएका छन् । तेस्रोलिंगीसहित संलग्न अभियानले अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा पुगेर हनुमानढोका दरवार क्षेत्रमा निर्माण हुँदैगरेको महर्जन बिजनेस एसोसियट्सको व्यापारिक कम्प्लेक्स मापदण्ड विपरित भएको भन्दै कारवाहीको माग गरेको छ ।

संघर्ष समितिका संयोजक गनपति लाल श्रेष्ठले सम्पदा बचाउ अभियानमा स्वस्र्फुत तेस्रोलिंगीहरु सहभागी हुँदा थप हौसला मिलेको वताए । ‘सम्पदा महिला पुरुषको मात्रै नभएर सबैको हो, तेस्रोलिंगीहरु पनि उत्तरदायी भएर सहभागी हुनु भएको छ,’ श्रेष्ठले भने, ‘यौनिक तथा लैंगिक अल्पसंख्यकहरुपनि सहभागी हुँदा थप हौसला बढेको छ, यो खुशीको कुरा हो ।’

विश्व सम्पदा सूचीमा सूचिकृत एवम् धार्मिक सास्कृतिक तथा पुरातात्विक महत्वको स्थल हनुमानढोका दरवार क्षेत्रमा महर्जन बिजनेस एसोसियत्सद्दारा बनाउँदै गरेको व्यापारिक कम्प्लेक्स आफैमा मापदण्डविपरित तथा सम्पदा क्षेत्रको मार्मिकता माथिको ठाडो प्रहार भएको भन्दै संघर्ष समितिले हस्ताक्षर संकलन गरेर आन्दोलन गर्दै अघि बढाएको छ । समितिले थालेको अभियानमा आफूहरु स्वस्फूर्त सहभागी भएको यौनिक तथा लैंगिक अल्पसंख्यकले वताएका छन् ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले विश्व सम्पदा सूचीमा रहेका क्षेत्रमा पुरातत्व विभागको नियम बिरुद्ध बनाएका भवन बिरुद्ध आफूहरु उभिएको बताइन् । ‘हाम्रो मौलिक सम्पदाको संरक्षणका संघर्ष समितिले थालेको कार्यक्रममा सहभागी हुन म सबैर्लाइ अपिल गर्दछु,’ पिंकीले भनिन्, ‘हाम्रो मौलिक सम्पदा र धरोहर हाम्रा पहिचान हुन्, यसको संरक्षण र सम्बर्धनमा नैं नेपालको शान हुन्छ ।’

 

edf

समाचार शेयर गर्नुहोस्
864
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.