“आफ्नो अधिकार आफैं खोज्नुपर्छ”

“आफ्नो अधिकार आफैं खोज्नुपर्छ”

काठमाडौं (पहिचान) माघ २२ – यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय खुलेर आएमा उनीहरुको अधिकारका लागि पनि अवाज उठाउने बन विभागकी सहायक बन अधिकृत दीपा वलीले बताएकी छन् । बन विभागमा महिलाको अधिकार तथा लैंगिक समावेशीताको अधिकार उठाउँदै आएकी उनले तेस्रोलिंगी पनि पहिचान अनुसार खुलेर आए उनीहरुलाई पनि समावेश गरिने बताइन् ।

महिलाका अधिकारका लागि फोकल पोइन्ट नभएर सेल स्थापना गरिनुपर्ने उनको धारणा छ । फिमेल नेटवर्क स्थापना हुनुपर्नेमा जोड दिँदै उनले सामाजिक न्याय र सामाजिक सुरक्षाको आवाज उठाउने आफूले तेस्रोलिंगीको आवाज उठाउने वताइन ।

समलिंगी तेस्रोलिंगीबारे अझै पनि धेरैलाई जानकारी नभएका कारण उनीहरुका मुद्दा बाहिर नआएको वली बताउँछिन् । आफ्नो पहिचान बताएर समाजमा आएपछि यौनिक तथा लैंगिक अल्पसंख्यकको मुद्दा पनि बाहिर आउने उनको भनाई छ ।

“मलाई आजसम्म पनि यो बारेमा थाहा थिएन, आज तपाईले ट्याङ ट्याङ घण्टी बजाइदिनु भयो,” उनले भनिन्, “आजबाट यो समुदायबारे पनि म बुझ्छु, अधिकारको लागि आवाज उठाउँछु ।”

सुरुमा आफैं परिवर्तन भएपछि मात्रै समाज परिवर्तन हुने सहायक वन अधिकृत वली बताउँछिन् । समलिंगी तेस्रोलिंगीहरुको अधिकारको मुद्दा उनीहरुको मात्रै नभएर सबैको मुद्धा बन्नु पर्ने उनको भनाई छ ।
राज्यले सबैका मुद्दा सम्बोधन गर्नुपर्नेमा जोड दिदै उनी अझै पनि सरकारी कार्यालयमा समेत महिला हिंसा हुने गरेको बताउँछिन् ।

https://youtu.be/4MKh647KhCA

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.