राष्ट्रिय सभा सदस्यको लविङमा लागेकी शिल्पा दुई दिनदेखि बेपत्ता

राष्ट्रिय सभा सदस्यको लविङमा लागेकी शिल्पा दुई दिनदेखि बेपत्ता

काठमाडौं (पहिचान) माघ २३ – राष्ट्रिय सभा सदस्यको लविङमा लागेकी तेस्रोलिंगी अधिकारकर्मी शिल्पा चौधरी दुई दिनदेखि बेपत्ता भएकी छन् । नील हिरा समाजको शाखा कार्यालय दाङमा कार्यरत अधिकारकर्मी चौधरी दुई दिनदेखि बेपत्ता भएकी हुन् ।

नेकपा एमाले जिल्ला कमिटी दाङमा रहेकी चौधरीलाई प्रदेश सभा सदस्यको समानुपातिक सूचिमा राख्न जिल्ला कमिटीले सिफारिस गरे पनि एमाले केन्द्रले उनको नाम बन्द सूचिमा राखेन । प्रदेश सभा सदस्यको समानुपातिकमा नाम नपरेपछि उनलाई एमाले नेताहरुले राष्ट्रिय सभामा प्रतिनिधित्व गराउने आश्वासन दिएका थिए ।

एमालेले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार टुङ्गो लगाउने दिनसम्म काठमाडौंमै लविङ गरिरहेकी शिल्पा पार्टीले नाम नपारेपछि निराश हुँदै दाङ पुगेकी थिइन । एमाले नेताहरुले आश्वासन मात्रै दिएको शिल्पाले गुनासो गर्दै आएकी थिइन । नेपालगंजमा माघ २१ गते मानवअधिकार सम्वन्धी भएको एउटा कार्यक्रममा सहभागी भएर घोराही फर्कने क्रममा शिल्पा बेपत्ता भएकी हुन् ।

शिल्पाको खोजी गरिदिन नील हिरा समाज शाखा कार्यालय दाङले जिल्ला प्रशासन कार्यालय दाङमा आज निवेदन दिएको छ । शाखा कार्यालयको कामको अनुगमनका लागि दाङ पुगेका नील हिरा समाज केन्द्रीय कार्यालयका अनुगमन तथा मुल्याङकन अधिकृत सुवाष पोखरेलले शिल्पाको खोजि गरिदिन प्रशासन कार्यालयमा निवेदन दिएको जानकारी दिए । शिल्पाले तनाव छ म नेताहरु भेट्न काठमाडौं जान्छु भने पनि उनको मोवाइल स्वीच अफ छ ।

यो पनि पढ्नुहोस :

एमालेसँग तेस्रोलिंगी शिल्पाको गुनासो ‘यो दुनिया देखेर थाकीसँके’

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.