बाटो बनाउने रोलरको ठक्करबाट प्रभा गुरुङको मृत्यु

बाटो बनाउने रोलरको ठक्करबाट प्रभा गुरुङको मृत्यु

चितवन (पहिचान) माघ २५ – चितवनमा बाटो बनाउने रोलरको ठक्करबाट एक जना तेस्रोलिंगीको मृत्यु भएको छ । नील हिरा समाजको शाखा कार्यालय मानव सचेत समाज चितवन हरेक कार्यक्रममा सहयोग गर्ने तेस्रोलिंगी महिला प्रभा गुरुङको गाडिको ठक्करबाट मृत्यु भएको हो ।

आज विहान ८ बजे चितवनको पुरानो वसपार्कमा बाटो बनाउने रोलरको ठक्करबाट तेस्रोलिंगी महिला प्रभाको मृत्यु भएको मानव सचेत समाज चितवनले जनाएको छ । समाजले प्रभाको आत्माको चिर शान्तिको कामना गरेको छ ।

हिजो बेलुकी मात्रै चौरमा लडेको अवस्थामा फेला परेकी प्रभालाई उपचारका लागि महेन्द्र आदर्श चिकित्सालयमा भर्ना गरिएको थियो । चिकित्सकले प्रभाको अवस्था सामान्य रहेको वताएपछि उनलाई उनकै कोठामा पुर्याएको मानव सचेत समाज चितवनका प्रमूख देव श्रेष्ठले जानकारी दिनुभयो ।

तर, आज विहान कोठाबाट बाहिर निस्केकी प्रभालाई बाटो बनाउने रोलरले ठक्कर दिदाँ मृत्यु भएको प्रहरीको भनाई उद्धृत गर्दै श्रेष्ठले वताए । तनहुँ दमौलीको प्रभावको शब पोष्टमार्टमका लागि महेन्द्र आदर्श चिकित्सालयमा राखिएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.