शिल्पाको खोजीका लागि प्रहरीमा नील हिरा समाजको निवेदन

शिल्पाको खोजीका लागि प्रहरीमा नील हिरा समाजको निवेदन

766
SHARES

काठमाडौं (पहिचान) माघ २५ – नील हिरा समाजले आफ्नो दाङ शाखाकी प्रमुख शिल्पा चौधरी पाँच दिन देखि हराइरहेको भन्दै खोजीका लागि निवेदन दिएको छ । समाजकी अध्यक्ष पिंकी गुरुङले महानगरीय प्रहरी परिसर काठमाडौंमा निवेदन दिएर खोजीका लागि आग्रह गरेकी हुन् ।

‘यस संस्थाको दाङ शाखाकी संयोजक तथा तेस्रोलिंगी अधिकारकर्मी बलबहादुर चौधरी (शिल्पा) विगत पाँच दिन देखि सम्पर्क विहिन भएकी छन्,’ पिंकीको उजुरीमा भनिएको छ, ‘शनिबार नेपालगञ्ंजको एक कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा वेपत्ता भइ सम्पर्कविहिन भएकी छन् तर, उनले प्रयोग गर्ने फेसबुक एकाउण्ट एक्टिभ नैं रहेको छ ।’

निवेदनमा ‘आफू दुर्घटनामा परेर भारतको लखनौंमा रहेको’ भन्ने सम्मको अपडेट भएको तर त्यसमा अनलाइन भएर पनि रेस्पोन्स नभएको उल्लेख छ । ‘आवश्यक छानविन तथा वेपत्ता शिल्पाको खोजीका लागि आवश्यक पहल गरिदिनुहुन यो निवेदन पेश गरेको छु,’ पिंंकीको निवेदनमा भनिएको छ ।

नील हिरा समाजले तेस्रोलिंगी शिल्पालाई कसैले कतै देखे र भेटेमा समाजको केन्द्रीय कार्यालय धुम्वाराहीको टोल फ्रि नम्बर १६६००१२०१४० मा खवर गरिदिन आग्रह समेत गरेको छ ।

समाचार शेयर गर्नुहोस्
766
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.