निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

विश्वसम्पदा जोगाउन नील हिरा समाजको विज्ञप्ती : राज्यले लाचारीपन देखाएको आरोप

विश्वसम्पदा जोगाउन नील हिरा समाजको विज्ञप्ती : राज्यले लाचारीपन देखाएको आरोप

692
SHARES

काठमाडौं (पहिचान) माघ २६ – नील हिरा समाजले हुनुमानढोकास्थित कुमारी घरको अस्तित्व समाप्त पार्नेगरी महर्जन विजनेस एशोसिएट्सले निर्माण गरेको व्यवसायिक भवनको निर्माण रोक्न माग गरेको छ । विश्वसम्पदासूचीमा परेको हुनमानढोका दरवार क्षेत्रको अस्तित्व संकटमा पर्नेगरी भवन निर्माण भएको र जिल्ला प्रशासनको नेतृत्वमा गठिन छानविन समितिले समेत मापदण्ड विपरित भनेको व्यापारिक भवन निर्माण नरोकिनुलाई समाजले राज्यको लाचारी भनेको छ ।

‘विश्वसम्पदा सूचीमा सूचीकृत रहेको, जीवित देवी मानिने कुमारीको बासस्थान हनुमानढोका दरबार क्षेत्रस्थित मल्लकालीन राष्ट्रिय संस्कृतिको अस्तित्व संकटमा पर्ने गरी ‘महर्जन विजनेस एसोसियट्स प्रा.लि’ले निर्माण गरिरहेको व्यवसायिक भवन पुरातात्विक स्मारक क्षेत्रको ऐनलाई वेवास्ता गरी निर्माण भईरहेकोमा नील हिरा समाजको गम्भीर ध्यानाकषण भएको छ,’ समाजकी अध्यक्ष पिंकी गरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा गठित समितिले दिएको संयुक्त प्रतिवेदनले उक्त कार्यलाई मापदण्ड विपरित ठह¥याउँदा समेत भवन निर्माण कार्य विनारोकावट अगाडी बढीरहेको छ । राज्यको यो किसिमको मौनता तथा लाचारीपनको समेत नील हिरा समाज आलोचना गर्दछ ।’

समाजले यस किसिमको कार्यले हनुमानढोका दरवार क्षेत्र विश्वसम्पदा सूचीबाट नैं हट्न सक्ने भन्दै सरकार र सरोकारवालाहरुको ध्यानाकर्षण समेत गरेको छ । ‘विश्वसम्पदा सूचीबाट हट्ने विषयलाई लिएर स्थानीय स्तरबाट उठिरहेको ‘सम्पदा बचाउँ अभियान’प्रति हाम्री पूर्ण समर्थन तथा ऐक्यबद्धता जाहेर गर्दै प्रतिवेदन तत्काल कार्यान्वयनमा ल्याउन र यस विषयमा उदासिन कर्मचारीहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन हार्दिक अपिल गर्दछौँ’ विज्ञप्तिमा भनिएको छ ।

समाजले सम्पदाले देशको पहिचान र गौरवलाई विश्वसामु कायम राखेको जनाएको छ । ‘हाम्रा सम्पदाको संरक्षण गरी विश्वसामु हाम्रो पहिचान र गौरवलाई उचाई थप्ने अभियानमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय सदा प्रतिबद्ध रहेको छ’ अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

समाचार शेयर गर्नुहोस्
692
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.