समलिंगी तेस्रोलिंगीलाई दातृ निकायकै भर

समलिंगी तेस्रोलिंगीलाई दातृ निकायकै भर

996
SHARES

सुनसरी (पहिचान) माघ २९ – सुनसरीमा यौनिक तथा लैंगिक अल्पसंख्यकले विभिन्न सिपमुलक तालिम लिएका छन् । नील हिरा समाज शाखा कार्यालय धरानका अनुसार कम्युटर तालिम, कुक तालिम र ड्राइभिङ तालिमहरू संचालन भैसकेका छन् ।

विगतका धेरै सिपमुलक कार्यक्रमहरू गरे पनि अहिले यस्तो कार्यक्रम गर्न बजेट नपाएको तेस्रोलिंगी अधिकारकर्मी कृष्ण कुमार तामाङ बताउँछन् ।

दातृ निकायबाट बजेट नपाउँदा पनि धरान उप–महानगरपालिकाबाट सिपमुलक तालिमलाई बजेट माग गर्दा प्रदान नगरेको तामाङको गुनासो छ ।

सुनसरीमा १५ सय यौनिक तथा लैंगिक अल्पसंख्यक सम्पर्कमा आएको नील हिरा समाज शाखा कार्यालय धरानले जनाएको छ ।

धरान शाखाले उक्त क्षेत्रका प्रहरी प्रशासन, स्वास्थ्य कार्यालय, विद्यालय कलेज लगायतका स्थानमा अभिमुखिकरण र जनचेतना कार्यक्रमहरू गर्दै आएको छ ।
चोकमा सडक नाटक देखाउने र विद्यालय तथा कलेजमा जनचेतनाका कार्यक्रमहरू भैरहेका पनि तामाङले जानकारी दिए ।

धरानमा यौनिक तथा लैंगिक अल्पसंख्यकहरूमा यौन रोग तथा र एचआईभीको संक्रमण व्यापक नरहेको उनी बताउँछन् । “ पुरानो पुस्तामा केही व्यक्तिहरू संक्रमित रहेको तर नयाँ पुस्तामा यो हाल सम्म फेला परेको छैन,” तामाङले भने, “विशेष गरी समलिंगी पुरुष र तेस्रोलिंगी महिलाहरू एचआइभी संक्रमणको उच्च जोखिममा रहने गरेका छन । संक्रमित व्यक्तिहरू पनि समाजको डरले धरान बाहिर नै जाँच गराउने गर्छन् ।”

लामो समय देखि धरानमा यौनिक तथा लैंगिक अल्पसंख्यकको हक हितका क्षेत्रमा निरन्तर प्रयास भएपनि कार्यक्रमहरू दातृ निकायमै भरपर्नु परेको तामाङको भनाइ छ । धरान शाखामा हाल फिल्ड कार्यक्रम, कण्डम वितरण र एचआइभी परिक्षण मात्र छन् ।
.

समाचार शेयर गर्नुहोस्
996
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.