उपमेयर र उपाध्यक्ष सहितको प्रदेशनम्बर–२ स्तरीय महिला भेला : यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि साथ लिने घोषणा

उपमेयर र उपाध्यक्ष सहितको प्रदेशनम्बर–२ स्तरीय महिला भेला : यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि साथ लिने घोषणा

सिरहा (पहिचान) फागुन १ – ’सघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुलधार महिलाको शरीर, श्रम र पहिचानमा आफनो अधिकार’ भन्ने नारासहित महिलावादी मञ्चको सम्मेलन सकिएको छ । प्रदेशनम्बर दुइ सिरहाको लाहनमा भएको भेला मारवाडी सेवा सदनको भवनमा तीन दिनसम्म चलेको थियो ।

भेलामा आठवटा जील्लाबाट आएका स्थानीय तहका उपमेयर तथा उपाध्यक्षहरुका साथमा कानुनविद तथा समलिंगी तेस्रोलिंगीको पनि सहभागिता रहेको थियो ।

उपमेयर तथा उपाध्यक्षहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकका बारेमा पनि सम्बोधन गरेका थिए । महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, एकल महिला समूह सप्तरी, सिरहा नगरपालिकाका उपमेयर डा.नमिता यादव र धनुषा हस्पुर नगरपालिकाका उपमेयर रेणु झा लगायतले महिलासँगसँगै यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको अधिकार पनि सुनिस्चित हुनुपर्ने बताए । त्यसलाई सिरहा घोषणापत्र ड्राफ्टको न. ३ र ८ मा उल्लेख गरिएको छ । कार्यक्रममा करिव दुई सयभन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यकका तर्फबाट धनुषाबाट प्रदिप कुमार यादव, सप्तरीबाट देवनारायण चौधरी र सिरहाबाट लक्ष्मी यादव सहभागी भए । भेलामा सहभागीहरुले स्थानीय निकायमा कस्तो किसिमको कानुन बनुपर्छ र यसलाई कसरी कार्यान्बयन गर्ने बिषयमा आपनो समुदायको अधिकारको बारेमा लेखाउन सफल भएकोमा खुशी लागेको बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.