ईन्भारमेन्ट उच्च माविले यौनिक अल्पसंख्यक बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

ईन्भारमेन्ट उच्च माविले यौनिक अल्पसंख्यक बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

791
SHARES

रुपन्देही (पहिचान ) फागुन १७ – रुपन्देहीको ईन्भारमेन्ट उच्च माध्यामिक विद्यालयले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । उच्च माविका प्रचार्य मधुप्रकाश ज्ञावालीले ईन्भारमेन्ट उच्च माध्यामिक विद्यालयमा पहिचान सहित खुलेर अध्ययन गर्न आउने विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने बताएका हुन् ।

प्रचार्य ज्ञावालीले कुनै हिच्किचावाट रुपमा ईन्भारमेन्ट उच्च माध्यामिक विद्यालयमा अध्ययन गर्न आउने यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई विशेष सेवा सुविधाका साथ अध्यापन गराउने बताए । प्रचार्य ज्ञावालीले आफू विद्यालयमा मात्र नभई विभिन्न क्लवहरुमा पनि सकृय रुपमा लागि परेका बताए ।

पहिचान अनलाईन संगको कुराकानीमा प्रचार्य ज्ञावालीले विभिन्न सांस्कृतीक कार्यक्रमहरुमा बुटवलका तेस्रोलिंगी महिला सफल नृत्य कर्मीद्धय बिनिता शाही र अवान्तिका घर्तीलाई समावेश गराएको र आउदा दिनमा विभिन्न विधामा लागिरहेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई पनि विभिन्न कार्यक्रमहरुमा उचित स्थान दिने प्रतिवद्धता जनाए ।

प्रचार्य ज्ञावालीले आफ्ना विद्यार्थीहरुमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका बारेमा अलमल नहोस भनेर मानब अधिकारकर्मी आनिक रानासंग सहकार्य गरी विभिन्न कार्यक्रम सञ्चालन गरेकोमा ईन्भारमेन्ट उच्च माध्यामिक विद्यालयका शिक्षक छवि श्रीसको प्रशंसा समेत गरे ।

समाचार शेयर गर्नुहोस्
791
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.