निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

लामो संघर्षपछि पहिचान सहित खुले तोरण पुन

लामो संघर्षपछि पहिचान सहित खुले तोरण पुन

698
SHARES

काठमाडौं (पहिचान) फागुन २१ – समलिंगी पुरुष तोरण पुनले आफूलाई खुल्न निकै कठिन रहेको बताएका छन् । आफूले आफ्नो पहिचान २० वर्ष अगाडि नै थाहा पाए पनि खुल्न भने नसकेको उनले बताए ।

साथीभाईबाट नै विभेद भएपछि आफूबन्द कोठाभित्र बसेको उनी बताउँछन् । “स्कुल तथा कलेजमा केटा साथीहरुसँग नजिकिन खोज्थें, खेलकुदमा पनि म साथीहरुसँग नजिकिन खोज्थेँ तर बुलिङ भएकाले म बन्द चारकोठाभित्रै रहन बाध्य भएँ,” उनले भने, “निकै लामो संघर्षपछि मैले मेरो पहिचान खुलाएर बाहिर आएको हुँ ।”

सबै नागरिक समान रहेको भन्दै उनले यो वा त्यो भनेर आक्षेप लगाउनु भन्दा पनि हरेक घरमा सवालङ र विपरितलिंगी मात्रै नजन्मिने बताए । “हाम्रै आफ्नै घरमा पनि अपाङ र फरक खालका व्यक्ति जमिन्छन् त्यसैले आज औंला उठाएर कसैलाई विभेद नगरौं,” उनी भन्छन् ।

समग्र यौनिक तथा लैंगिक अल्पसंख्यक मध्ये निकै थोरै मात्रै खुल्ने गरेको पुन बताउँछन् । उनी आफ्नै अनुभन सुनाउँदै भन्छन्, “म घरमै खुल्न सुरुमा लामो संघर्ष घरभित्रै गर्नुपर्यो । आमा बुवालाई म यस्तो खालको व्यक्ति हुँ भनेर सम्झाउन धेरै समय लाग्यो ।”

समलिंगी तेस्रोलिंगीका आंशिक माग तथा मुद्दा मात्रै समेटिएको भन्दै उनी भन्छन्, “अहिले जति हामीले अधिकार पाएका छौं त्यो सानो अंश मात्रै हो । अझै हामीले पाउन धेरै छ । समान अधिकारका हकदार हामी पनि हौं त्यसका लागि हाम्रो संघर्ष जारी रहन्छ ।”

जेनेरेशन ग्याप भएका कारण समाजले फरक दृष्टिकोणले हेर्ने गरेपनि पछिल्लो समय भने सकारात्मक परिवर्तन आउन थालेको पुन बताउँछन् । विभिन्न संघसंस्थासँग सहकार्य गरेर अघि बढ्न सकेमा चाँडै परिवर्तन आउने उनको बुझाइ छ ।

समलिंगी तेस्रोलिंगीलाई विभेद गर्नेलाई कानुनी कारबाही समेत गर्न सकिने अवस्था रहेको भन्दै यौनिक तथा लैंगिक अल्पसंख्यकलाई हिंसा गर्नेलाई कानुनी कठघरामा उभ्याउनु पर्ने उनी बताउँछन् ।

समाचार शेयर गर्नुहोस्
698
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.